धार्मिक कार्य घरमै गर्न धर्मगुरुको सुझाव « Khabarhub

धार्मिक कार्य घरमै गर्न धर्मगुरुको सुझाव


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जका मुसलमान धर्मगुरुहरुले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि परम्परागत तथा धार्मिक कार्य घरमै गर्न आग्रह गरेका छन् ।

मुसलमान समुदायको पवित्र पर्व रमजानका पूर्वसन्ध्यामा नेपालगञ्जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तराविहको नमाजसमेत घरमै पढ्ने व्यवस्था मिलाउन सार्वजनिक आग्रह गरेका हुन्।

केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष एवम् धर्मगुरु मौलाना अव्दुलजव्वार मञ्जरीले केही दिनमै शुरु हुने रमजान पर्वका क्रममा हुन सक्ने पारिवारिक भेटघाटमा पनि सीमा दूरी कायम गर्दै सचेतना अपनाउन आग्रह गरे ।

मुसलमान समुदायका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएसँगै समुदाय लक्षित सार्वजनिक टीकटिप्पणीप्रति पनि सचेत रहन आह्वान गर्दै मौलानाहरुले समुदायमा रहेका सम्भावित कोरोना सङ्क्रमित र आशङ्कितको पहिचान गरी स्वास्थ्य परीक्षण गर्नगराउन आह्वान गरेको संविधानसभा सदस्य भोला सिद्दिकीले बताए ।

नेपालगञ्जमा बिहीबार आयोजित बैठकमा जामा मस्जिद नेपालगञ्जका मुफ्ती कैफुल वरा खाँ मिसवाही, मदरसा व्यवस्थापन समितिका पूर्वअध्यक्ष मौलानामन्सुर अहमद, जामा मस्जिदका महासचिव इरफान सिद्दिकी, मदरसा गौसियाका सचिव मोहम्मद हारुन, मुस्लिम सङ्गठन नेपालका सहसंयोजक अतहरहुसेन फारुकीलगायतले कोरोना नियन्त्रणमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न तथा धार्मिक एवं सामाजिक सद्भाव सुदृढ गर्न सामूहिक आग्रह गरे ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : ५४ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले