ट्रकसहित २७५ बोरा प्याज नियन्त्रणमा « Khabarhub

ट्रकसहित २७५ बोरा प्याज नियन्त्रणमा


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- व्यास नगरपालिका कार्यालयले एक ट्रकसहित २७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ । व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो ।

सामान ल्याउन प्रयोग गरिएको ग१क ३५१२ नम्बर ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । कोभिड–१९ लाई ध्यानमा राखी नगरपालिकाले केही दिनअघिदेखि नै भारतबाट कुनै पनि सामान आयातमा रोक लगाएको छ ।

भारतको सीमाबाट उक्त सामान लुकाइछिपाई ल्याएको थाहा भएपछि नगरपालिकाको सक्रियतामा पसल बन्द गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ९ : ०३ बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध