कोरोना कहर : सार्क राष्ट्रमा १ हजार १३२ जनाको मृत्यु   « Khabarhub

कोरोना कहर : सार्क राष्ट्रमा १ हजार १३२ जनाको मृत्यु  

सबैभन्दा बढी ज्यान गुमाउनेको सूचीमा भारत एसियामै चौथो


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा शुक्रबार बिहान समाचार तयार पार्दासम्म १ हजार १३२ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा ७२१, पाकिस्तानमा २३५, बंगलादेशमा १२७, अफगानिस्तामा ४२ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या १ हजार १३२ पुगेको हो ।

माल्दिभ्स र नेपालमा संक्रमणका घटना बढेरहेको भए पनि हालसम्म कसैको ज्यान गएको छैन । त्यसैगरी भुटानको अवस्था नियन्त्रण उन्मुख छ । सबैभन्दा कम संक्रमित मुलुकको रुपमा सार्क राष्ट्रमा भुटान देखिएको छ ।

सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् । सार्क राष्ट्रमा संक्रमित र ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा उच्च देखिएको छ । कोरोनाका कारण एसियामै सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचीमा समेत भारत चौथो स्थानमा छ ।

एसियाली मुलुकमध्ये सबैभन्दा बढी इरानमा कोरोनाका कारण ५ हजार ४८१ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा चीनमा ४ हजार ६३२ को मृत्यु भएको छ । तेस्रोमा रहेको टर्कीमा २ हजार ४९१ जना, चौथो नम्बरमा रहेको भारतमा ७२१ जनाले ज्यान गुमाएका छन् ।

एसियाली मुलुकमा कोरोना संक्रमितको सूचीमा पनि भारत चौथो नम्बरमा रहेको छ । जहाँ शुक्रबार विहानसम्म संक्रमितको संख्या २३ हजार ३९ पुगेको छ ।

कोरोनाको कहर कस्तो छ सार्क राष्ट्रमा ?

भारत

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ ।

भारतमा शुक्रबार विहानसम्म ७२१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ४० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७२१ पुगेको हो ।

भारतमा एकैदिन १ हजार ६६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २३ हजार ३९ पुगेको हो । भारतमा संक्रमितमध्ये ५ हजार १२ जना उपचारपछि निको भएका छन् । १७ हजार ३०६ जना उपचाररत छन् ।

पाकिस्तान

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ । कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म २३७ जनाको मृत्यु भएको छ भने ११ हजार १५५ जना संक्रमित भएका छन् ।

कोरोनाका कारण एकै दिन पाकिस्तानमा शुक्रबार विहान मात्रै थप २ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २३७ पुगेको हो । पाकिस्तानमा विहीबार ९८१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ११ हजार १५५ पुगेको हो ।

पाकिस्तानमा संक्रमितमध्ये २ हजार ५२७ जना उपचारपछि निको भएका छन् । ८ हजार ३९१ जना उपचाररत छन् । उनीहरुमध्ये ६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बंगलादेश

यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ ।

बंगलादेशमा विहीबार थप ७ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२७ पुगेको छ । त्यसैगरी विहीबार थप ४१४ जनामा संक्रमण देखिएसँगै बंगलादेशमा हालसम्म संक्रमितको संख्या ४ हजार १८६ पुगेको छ ।

बंगलादेशमा संक्रमित मध्ये १०८ जना उपचारपछि निको भइसकेको छन् । ३ हजार ९५१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अफगानिस्तान

सार्क राष्ट्रहरुमध्ये अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । अफगानिस्तामा हालसम्म ४२ जनाको मृत्य भएको छ ।

अफगानिस्तामा विहीबार थप २ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ४२ पुगेको हो । विहीबार थप १०३ जना नयाँ संक्रमित फेला परेसंगै संक्रमितको संख्या १ हजार २७९ पुगेको छ ।

अफगानिस्तानमा संक्रमितमध्ये १७९ जना उपचारपछि निको भएका छन् । १ हजार ५८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलंका

सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ । श्रीलंकामा कोरोनाका कारण हालसम्म ७ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाका कारण श्रीलंकाका विहीबार थप ३८ जना नयाँ संक्रमित भएटिएसँगै संक्रमितको संख्या ३६८ पुगेको छ । जसमध्ये १०७ जना उपचारपछि निको भएका छन् भने २५४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत संक्रमितमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपाल

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । विहीबार थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको हो ।

नेपालमा कोरोना संक्रमित ४८ जनामध्ये ९ जनाको उपचारपछि निको भइसकेका छ भने अन्य ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपालले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्न सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ । सरकाले लकडाउन लागू गरेको आज ३२ औं दिन पुगिसकेको छ ।

माल्दिभ्स

सार्क राष्ट्रहरुमध्यकै अर्को मुलुक माल्दिभ्समा विहीबार थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०८ पुगेके छ ।

जसमध्ये १६ जना संक्रमित उपचारपछि निको भइसेका छन् भने ९२ जनाको विभिन्न उपचार भइरहेको जनाइएको छ । संक्रमितमध्य २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

भुटान

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण भुटानमा देखिएको छ ।

भुटानमा हालसम्म ७ जनामा कोरोनाको पुष्टि भएकोमा ३ जना उपचारपछि निको भइसकेका छन् । ४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भुटानमा हालसम्म संक्रमितको संख्या ५ रहेको छ । भुटानमा संक्रमित ५ जनामध्ये २ जनोको उपचारपछि निको भइसकेको छ भने अन्य ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ९ : २७ बजे

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा

जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

वासिङ्टन – जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य

आजका समाचार : राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, चौतर्फी आलोचनाबीच सुकुसम्वासी बस्ती हटाउने काम तीव्र र अमेरिकी सैन्य साइटमा इरानको आक्रमण

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारीराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा