जुम्लामा साबुन र स्यानिटाइजर अभाव | Khabarhub Khabarhub

जुम्लामा साबुन र स्यानिटाइजर अभाव


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ इलाका स्वास्थ्यचौकी हाटसिञ्जामा राखिएका क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको छ ।

हाल १५ श्ययाको क्वारेन्टाइनमा १६ जनालाई राखिएकमा उनीहरुलाई प्रयोग गर्न साबुन र स्यानिटाइजर पनि छैन । आफूहरु कसरी सुरक्षित रहने भन्ने चिन्ता भएको त्यहाँ रहेका खगेन्द्र खत्रीले गुनासो गरे ।

स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले साबुन नहुँदा आफूहरुले प्रयोग गर्ने साबुन पाँचलाई एकका दरले व्यवस्था गरेको बताउँछन् । क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरिए पनि समितिले समन्वय नगरेको जनाइएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्रबहादुर खत्रीले क्वारेन्टाइनमा बस्नेहरुलाई नआत्तिन भनरे हौसाला दिइएको बताए । सिञ्जावासीले अन्य राहत पनि नपाएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ९ : ५४ बजे

धुम्रपान न्यूनीकरणमा सादा प्याकेजिङ र कर नीति प्रभावकारी हुने

काठमाडौं – सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न