यस्तो सम्झौता जड्याहालेमात्र स्वीकार्ने भन्दै तान्जेनियन राष्ट्रपतिद्वारा चिनियाँ ऋण नलिने घोषणा « Khabarhub

यस्तो सम्झौता जड्याहालेमात्र स्वीकार्ने भन्दै तान्जेनियन राष्ट्रपतिद्वारा चिनियाँ ऋण नलिने घोषणा


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एकताका अफ्रिकी राज्यहरुमा चिनियाँ ऋण लिएर विशाल आयोजनाहरु निर्माण गर्ने ‘ट्रेण्ड’नै चलेको थियो । तर अफ्रिकी अर्थविद्हरुले ती विशाल आयोजनाले अपेक्षा गरेको जस्तै कमाउन नसक्ने निक्र्यौल निकालेपछि ती राज्यहरुले चीनको शर्तमा ऋण तिर्न असम्भव रहेको निश्कर्षमा पुगेका छन् ।

चिनियाँ ऋणले राज्यलाई भन्दा सम्झौताका क्रममा कमिशन खाएका केही राजनीतिज्ञ तथा उच्च पदस्थ कर्मचारीहरुलाई मात्र फाईदा पुग्ने भएपछि अफ्रिकी समाजिक अगुवाहरुले पनि त्यसको विरोध गर्न थाले ।

त्यसमाथि ऋण तिर्न नसक्दा चीनले ती आयोजना कब्जामा लिने सम्झौता उजागर भएपछि जनस्तरबाटै विरोधका आवाज उठ्न थाले ।

त्यहीँ बुझेर तान्जेनियाले भर्खरै चीनसँगको ऋण सम्भौता खारेज गरेको छ । चीनको प्रस्ताव जड्याहाँले मात्र स्वीकार गर्न सक्ने टिप्पणी गर्दै तान्जेनियाका राष्ट्रपति मागुफुलिले सम्झौता खारेज गरेका हुन् ।

यसअघिको सरकारले चीनसँग एक वन्दरगाह निर्माण गर्न १० विलियन अमेरिकी डलर ऋण लिने सम्झौता गरेको थियो । सम्झौतामा ऋण असुल गर्न बन्दरगाह चीनले ९९ बर्षसम्म निर्वाद्ध प्रयोग गर्न पाउने शर्त राखिएको थियो ।

मागुफुलिको सत्ता आएपछि ९९ बर्षको सभ्झौतालाई घटाएर तान्जानियाले ३३ बर्ष बनाउन चीनसमक्ष प्रस्ताव राख्यो । चीनले तान्जेनियाको प्रस्ताव नमानेपछि मागुफुलिले अन्ततः सो १० विलियन अमेरिकी डलरको ऋण सम्झौता खारेज गरेका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ११ : २६ बजे

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।  बैठक आज

बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको

सुरुङमा फसेकाको उद्धारका लागि विदेशी उपकरण ल्याउन कुलमानको सुझाव

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर

जापानको ब्याजदर बढ्ने अनुमानका बीच येन बलियो बन्दै

टोकियो– विश्वव्यापी वित्तीय बजारमा जापानी येनको मूल्यमा उल्लेख्य सुधार देखिएको

स्याउखेतीमा कर्म गुरुङको छलाङ

मुस्ताङ– व्यावसायिक स्याउखेती गरिरहेका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना