हातहातमै सामाजिक सुरक्षा भत्ता « Khabarhub

हातहातमै सामाजिक सुरक्षा भत्ता


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- लकडाउनमा समाजिक दूरी कायम गरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

नगरपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर दिने गरेको छ ।

हनुमाननगर कंकालिनी १ देखि १४ वडासम्मका टोलटोका घरघरमै पुगेर हातहातमा नै भत्ता वितरण गरिएको नगरपालिका अध्यक्ष शैलेशकुमार शाहले बताए ।

स्थानीय तहलाई स्वास्थ्य सामग्री

गैरसरकारी संस्थाको समन्वयमा सप्तरीका तीन स्थानीय तहलाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

सप्तरीसँग सीमा जोडिएका प्रदेश नं १ को उदयपुरमा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी राजगढ र विष्णुपुर गाउँपालिका तथा डाक्नेश्वरी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

वेल्टहङ्गर हिल्फेको आर्थिक सहयोगमा आसमान नेपाल, फरवार्ड नेपाल, दलित सरोकार मञ्च र महुली सामुदायिक विकास केन्द्रको समन्वयमा संस्थाका प्रतिनिधिले सामूहिक रुपमा ती स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्रण गरिएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ११ : ५४ बजे

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९