लकडाउनका बेला खेलाडीलाई पीडामाथि थप पीडा, मनाङले काट्यो २ महिनाको तलब « Khabarhub

लकडाउनका बेला खेलाडीलाई पीडामाथि थप पीडा, मनाङले काट्यो २ महिनाको तलब


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले विश्व नोबेल कोरोना भाइरस (कोभिड १९) विरुद्धको अभियानमा छ । नेपाल पनि कोरोनाविरुद्धको संघर्षमा छ । कोरोना भाइरसको जोखिम कम गर्न सामाकि दुरी कायम गर्न भन्दै सरकारले लकडाउन गरेको एक महिना पूरा भइसकेको छ ।

यस्तो अवस्थामा सबै गतिविधि बन्द छन् । खेलकुदका पनि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सबै गतिविधि स्थगित भएका छन् । खेल गतिविधि बन्द भएपछि यसले खेलाडीहरुलाई असर गरेको छ । प्रत्यक्ष रुपमा क्लबदेखि खेलाडीसम्म यसको मारमा परेका छन् ।

गत वर्ष (२०६७ साल)को शहीद स्मारक ए डिभिजन लिग फागुन पहिलो साता नै सम्पन्न भइसकेको थियो । क्लबहरुले वैशाख मसान्तसम्म तलब दिने गरी खेलाडीहरुसँग सम्झौता गरेका थिए । तर, यस सिजनको लिगमा तेस्रो स्थानमा रहन सफल मनाङ मर्स्याङ्दी क्लबले भने खेलाडीहरुको २ महिनाको तलब काट्ने भएको छ ।

८ पदक शहीद स्मारक ए डिभिजन लिगको उपाधि उचाल्दै इतिहास रचेको दाबी गर्ने मनाङले खेलाडीहरुसँग गरेको सम्झौताअनुसार तलब दिन अस्वीकार गरेको छ ।

मनाङले कोरोना भाइरसका कारण प्रतियोगिताहरु नभएको भन्दै खेलाडीहरुको तलब रोक्का गर्ने निर्णय गरेको हो । मनाङले चैत र वैशाख महिनाको तलब नदिने बताए पछि खेलाडीहरु अहिले एक–अर्कासँग आफ्नो पीडा पोखिरहेका छन् ।

कोरोनाका कारण सिर्जित संकटमा क्लबले आवश्य थप सहयोग गर्ने खेलाडीहरुको अपेक्षा थियो । तर, क्लबले उल्टै तलब नदिने घोषणा गरेपछि आफूहरु गम्भीर पीडामा परेको खेलाडीहरुले गुनासो गरेका छन् ।

‘यस्तो समयमा त क्लबले आर्थिक मात्रै नभएर मनोवैज्ञानिक र सामाजिक रुपले पनि सहयोग गर्नुपर्ने हो । खेल नभएको र खेल गतिविधि नहुँदा क्लबलाई आर्थिक भार पर्ने भन्दै बैशाख अन्तिमसम्मको सम्झौता हुँदा पनि चैत र बैशाखको तलब नदिने निर्णय गरेको छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक खेलाडीले खबरहबसँग भने, ‘अब यो बीचमा हामीलाई एकदमै गाह्रो हुन्छ । हामीहरुको पेसा नै खेल्ने हो । कमाइको अर्को कुनै स्रोत छैन । क्लबले तलब नै रोक्का गरिदिएपछि हामीले कसरी दैनिकी चलाउनु ?’

मनाङमा आबद्ध भएका अर्का खेलाडीको पीडा पनि उस्तै छ । ‘अन्य कुरा जस्तै आर्थिक रुपमा पनि समस्या हुन्छ । हामीले त खेलेरै परिवार पाल्ने हो । क्लबले पैसा दिएन भने हामीले कसरी परिवार पाल्ने ?’ ती खेलाडी भन्छन्, ‘खेलका लागि तयारी गर्दा ऋण लिएको थिएँ । त्यो ऋण पनि तिर्न सकेको छैन । त्यसमाथि अहिले क्लबले तलब काट्ने भनेको छ ।’

मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङ भने लकडाउनका कारण क्लबलाई आर्थिक भार बढ्दै गएपछि खेलाडीहरुको तलब कटौती गर्ने निर्णय लिनु परेको बताउँछन् । ‘फुटबल गतिविधि नै नभएपछि खेलाडीलाई तलब खुबाउन गाह्रो हुने भन्दै उक्त निर्णय गरिएको हो,’ मनाङका अध्यक्ष गुरुङले भने, ‘कोरोना भाइरसले क्लबहरुलाई घाटा भएको छ । खेलेर क्लब चलाउनु पर्ने । तर, खेल नै नभएपछि समस्या हुने नै भयो ।’

मनाङले यस वर्षको सिजनका खेलाडीसँग ३ महिनादेखि बैशाख अन्तिमसम्मका लागि सम्झौता गरेको थियो । त्यसोत, केही वर्ष अगाडिसम्म मनाङले खेलाडीलाई वर्षभरीको तलब पनि उपलब्ध गराउँथ्यो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ५ : ०३ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६