काठमाडौं परिसर प्रमुखमा श्याम ज्ञवाली र अपराध महाशाखामा दीपक थापाको सरुवा « Khabarhub

काठमाडौं परिसर प्रमुखमा श्याम ज्ञवाली र अपराध महाशाखामा दीपक थापाको सरुवा


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखामा नयाँ प्रमुख सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्णयानुसार महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीको सरुवा भएको हो । यस्तै, अपराध महाशाखाको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाको सरुवा भएको हो ।

काठमाडौं परिसरको प्रमुखमा सरुवा भएका एसएसपी ज्ञवाली प्रहरी महानिरीक्षक (आईजी) ठाकुर प्रसाद ज्ञवालीका सहोदर भाइ हुन् । उनी यसअघि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत थिए ।

यस्तै, अपराध महाशाखाको प्रमुखमा सरुवा भएका एसएसपी थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत थिए ।

यसअघि काठमाडौं परिसरका प्रमुख उत्तमराज सुवेदी र अपराध महाशाखाका प्रमुख सहकुल थापा एसएसपीबाट डीआईजीमा बढुवा भएपछि दुवै निकाय नेतृत्व विहीन थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ५ : ३३ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन