काठमाडौं परिसर प्रमुखमा श्याम ज्ञवाली र अपराध महाशाखामा दीपक थापाको सरुवा « Khabarhub

काठमाडौं परिसर प्रमुखमा श्याम ज्ञवाली र अपराध महाशाखामा दीपक थापाको सरुवा


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखामा नयाँ प्रमुख सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्णयानुसार महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीको सरुवा भएको हो । यस्तै, अपराध महाशाखाको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाको सरुवा भएको हो ।

काठमाडौं परिसरको प्रमुखमा सरुवा भएका एसएसपी ज्ञवाली प्रहरी महानिरीक्षक (आईजी) ठाकुर प्रसाद ज्ञवालीका सहोदर भाइ हुन् । उनी यसअघि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत थिए ।

यस्तै, अपराध महाशाखाको प्रमुखमा सरुवा भएका एसएसपी थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत थिए ।

यसअघि काठमाडौं परिसरका प्रमुख उत्तमराज सुवेदी र अपराध महाशाखाका प्रमुख सहकुल थापा एसएसपीबाट डीआईजीमा बढुवा भएपछि दुवै निकाय नेतृत्व विहीन थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ५ : ३३ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार