लकडाउनका कारण बागमती तीर्थ यात्रा स्थगित « Khabarhub

लकडाउनका कारण बागमती तीर्थ यात्रा स्थगित


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल पक्षमा गरिने बागमती तीर्थ यात्रा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण स्थगित गरिएको छ ।

पशुपतिनाथ मन्दिरबाट शुरु भई चोभारमुनिको कटुवाल दह पुगेर त्यहाँबाट बागमती नदीको उद्गमस्थल बागद्वारसम्मका १०० भन्दा बढी तीर्थमा करिब दुई साता लगाएर गरिने यात्रा भाइरसको सङ्क्रमण नफैलियोस् भनी स्थगित गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने बागमती तीर्थयात्रा विसं २०३२ मा नदी फोहर भएको भनी स्थगित गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान शुरु भएपछि नदी केही सफा भएकाले विसं २०७५ वैशाख शुक्ल पक्षदेखि सदस्य सचिव ढकालको सक्रियतामा शुरु गरिएको थियो ।

यस वर्ष बागमती तीर्थ यात्रा स्थगित गर्नु परेपनि आगामी वर्षदेखि फेरि निरन्तरता दिइने कोषले जनाएको छ । बागमती तीर्थ यात्रामा सयौँ मानिस सहभागी हुने गर्छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : ३८ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि