कुखरा फार्ममा आगलागी हुँदा एक हजार कुखुरा जलेर नष्ट « Khabarhub

कुखरा फार्ममा आगलागी हुँदा एक हजार कुखुरा जलेर नष्ट


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु नगरपालिका–२ स्थित भकुन्थोकको एक कुखुरा फार्ममा आगलागी हुँदा खोरमा रहेका एक हजार ब्रोइलर कुखुरा जलेर नष्ट भएको छन् ।

आगलागीबाट भौतिक संरचना तथा कुखुरा गरी करीब रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्युत चुहिएर आगलागी भएको कुखुरा व्यवसायी हरि बस्यालले जानकारी दिए । प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार गरी ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

खरको छानो रहेकाले कुखुराको खोर सजिलै जलेर पूर्ण नष्ट भएको भानु– २ का वडाध्यक्ष अर्जुनबहादुर अधिकारीले जानकारी दिए ।

ती कुखुरा ३७ दिनका थिए । खोरका कुखुरामध्ये १-२० मात्रै जीवित भेटिएकोे बताउँदै उनले कृषकलाई क्षतिपूर्तिका लागि नगरपालिकाका तर्फबाट पहल गरिने आश्वासन दिए ।

 

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : ४२ बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध