कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर जुधौँ : मन्त्री भण्डारी | Khabarhub Khabarhub

कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर जुधौँ : मन्त्री भण्डारी


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोना महामारी र यसबाट उत्पन्न भोकमारी दुवै समस्यासँग एक भएर जुध्न अपिल गरेका छन् ।

आज जुम्लाका जिसस प्रमुखसहित आठ स्थानीय तहका प्रमुखसँगको भिडियो कन्फ्रेन्समार्फत् विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्ध एक भएर लड्नुको विकल्प नभएको बताए ।

“कोरोना भाइरस हाम्रो जीवनको डरलाग्दो चुनौती मात्र होइन, यो हामीलाई नायक बन्ने अवसर पनि हो”, उनले भने, “यसमा सचेतता एवं कुशलतापूर्वक तपाई आफ्नो कार्यसम्पादन बढाउनुहोस् ।”

कर्णाली अहिलेसम्ममा शून्य सङ्क्रमणमा रहेको जनाउँदै मन्त्री भण्डारीले भने, “लकडाउनका कारण अलपत्र परेका नागरिकलाई सबै सरकारको क्रियाशीलतामा गन्तव्यसम्म पु¥याउने काम भएको छ, सम्बन्धित गाउँपालिकामा पुगेपछि उनीहरुलाई १४ दिनको क्वारेन्टाइन व्यवस्थाका लागि आग्रह गर्दछु ।”

अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित शून्य अवस्थामा रहेको भन्दै यसलाई कोरोना नियन्त्रित प्रदेश बनाउन निर्भयताका साथ सबैले एकबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

जनप्रतिनिधि, स्वास्थ्य तथा सुरक्षाकर्मीको नेतृत्वदायी भूमिकाबाट कर्णालीलाई सुरक्षित प्रदेश बनाउन सकिने भन्दै स्वास्थ्य तथा सुरक्षाकर्मीको आवश्यकता भएका ठाउँमा व्यवस्थाका लागि पहल गर्ने उनले बताए ।

सङ्घीयताले महामारीका विरुद्ध सजिलै लड्ने अवसर प्रदान गरेको बताउँदै मन्त्री भण्डारीले मूलतः जनताको जीवन रक्षालाई केन्द्र भागमा राखेर काम गर्न जनप्रतिनिधिलाई अपिल गरे ।

बैठकमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, पातारासी गाउँपालिकाको अध्यक्षको प्रतिनिधित्व गर्दै प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा, गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी, तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने, तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी, हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही, सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल र कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले आआफ्ना स्थानीय तहले हालसम्म कोरोना प्रतिकार्य, रोकथाम, नियन्त्रण, राहत तथा उद्धारमा गरेका कामकारवाही र विद्यमान समस्याबारे कानूनमन्त्री भण्डारीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : ०१ बजे

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै