शिक्षा मन्त्रालयद्वारा कोरोनाका विषयमा सातै प्रदेशका मन्त्रीहरुसँग अनलाइन बैठक « Khabarhub

शिक्षा मन्त्रालयद्वारा कोरोनाका विषयमा सातै प्रदेशका मन्त्रीहरुसँग अनलाइन बैठक


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिरजमणि पोखरेलले कोरोनाभाइरसको संक्रमणविरुद्ध तीनै तहका सरकार एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सातवटै प्रदेशका विज्ञान तथा प्रविधि विषय हेर्ने मन्त्रीहरुसँग गरेको अनलाइन बैठकमा मन्त्री पोखरेलले विज्ञान तथा प्रविधि पूर्वाधारको पनि पूर्वाधार भएकोले सबै तहका सरकारले आपसमा संयोजन गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

मन्त्रालयले कोरोना भाइरसको महामारीका विषयमा केन्द्रित भएर आगामी दिनमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको हो ।

बैठकमा यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस प्रकोपको सामना गर्न सुझाव दिन गठित समितिका संयोजक पूर्व मन्त्री गणेश शाह र उक्त समिति अन्तर्गतका विभिन्न छ वटा उप समितिहरुका संयोजकहरु मध्ये विज्ञान तथा प्रविधि क्षेत्रका चार उपसमितिका संयोजकहरु नाष्टका उपकुलपति डा. सुनिलवावु श्रेष्ठ, प्रा. डा. रमेश मास्के,नास्टाका प्राज्ञ दिनेश भुजु र विज्ञान तथा प्रविधि सचिव डा. सन्जय शर्माले आफू अन्तर्गत रहेको समितिले गरेका कामहरुको विषयमा जानकारी गराएका थिए ।

उनीहरुले तीनै तहका सरकारले अब गर्नु पर्ने कामहरुको वारेमा समेत धारणा राखेका थिए । प्रदेश मन्त्रीहरुले प्रदेश सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेका विभिन्न कामका विषयमा जानकारी गराएका थिए ।

वैठकमा मन्त्री पोखरेलले  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेका समितिहरुको सुझाव प्रदेस तहमा पनि आवश्यक परेमा उपलब्ध गराउन सकिने र विज्ञहरुसँग अनलाईन वैठक समेत गराउन सकिने बताए ।

उनले आगामी दिनमा प्रदेश सरकार तथा केन्द्र सरकारको समन्वयमा प्रत्येक प्रदेशमा एक एक विषयमा सेन्टर फर एक्सेलेन्स खोली विज्ञान तथा प्रविधिको विकासलाई अगाडि वढाउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : ०९ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने