यात्रामा मस्त एक जोडी जसलाई महामारीको रुपमा फैलिसक्दा पनि कोरोना भाइरसबारे थाहै भएन « Khabarhub

यात्रामा मस्त एक जोडी जसलाई महामारीको रुपमा फैलिसक्दा पनि कोरोना भाइरसबारे थाहै भएन


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- कुनै पनि नराम्रो समाचार नदिने शर्तमा उनीहरुले आफ्नो परिवारसँग सम्पर्कमा रहनका लागि भनेका थिए ।

बेलायतको म्यान्चेस्टरमा बस्ने यो जोडी गत महिना एटलान्टिक महासागरको क्यानरी द्वीपदेखि क्यारेवियन द्वीपसम्म विश्वमा घुमिरहे । जतिबेला उनीहरुले कोरोना भाइरसको महामारी फैलिएको बारे जानकार भएनन् र घुमिरहे ।

समुन्द्रमा लगातार २५ दिनको यात्रापछि यो जोडीले मार्चको मध्यमा एक सानो टापुमा बस्ने फैसला गर्यो । यस बीच यो जोडी बाहिरी संसारसँग कुनै पनि सम्पर्कमा थिएनन् ।

तर फोनको सिग्नल आएपछि उनीहरुले थाहा पाएकी द्वीपको सीमा बन्द छ र फेरि उनीहरुले थाहा पाएकी विश्व कोरोना नामको महामारीसँग जुधिरहेको छ । जसको बारेमा उनीहरु दुबैले अहिलेसम्म केही सुनेका थिएनन् ।

एलिना बताउँछिन्, फब्रुअरीमा हामीले चीनमा कुनै भाइरसको संक्रमणका बारेमा सुनेका थियौं । हामीलाई यसबारेमा कम मात्र जानकारी थियो । हामीले सोचेका थियौैं कि २५ दिनमा जब हामी क्यारेवियन द्वीपमा पुग्ने छौं तब यो समाप्त हुने छ ।

रेयान भन्छन्, तर हामी जब त्यहाँ पुग्यौं तब थाहा भयो कि यो समाप्त नभइ पूरै विश्वमा फैलिसकेको छ ।’

बन्द सीमा

कोरोना भाइरसको संक्रमणको शुरुवात भएपछि धेरैजसो समय यो जोडी समुन्द्रमा नै रह्यो ।

कहिलेकाँही परिवारको सम्पर्कमा आउने भएपनि उनीहरुलाई यो विषयबारे ज्ञान थिएन । भाइरसको संक्रमण कति गम्भीर स्थितिमा पुगेको छ भन्ने बारे ।

एलिनाको घर इटलीको सबैभन्दा बढी संक्रमित क्षेत्र लोम्बार्डीमा हो ।

उनी भन्छिन्, हामीले नजिकका मानिसलाई भनेका थियौं कि हामी कुनै नराम्रो कुरा सुन्न चाहँदैनो । यसकारण यो बारेमा सुन्दा निकै नराम्रो लाग्यो । किनकी यो नराम्रो खबर हो ।’


रेयानले भने, पहिला हामी क्यारेबियन क्षेत्रको एक फ्रेन्च इलाकामा उत्रिने कोशिश गरेका थियो तर जब हामी त्यहाँ पुग्यौ तब थाहा भयो कि सीमा बन्द थियो र द्वीप बन्द हुनेक्रममा थियो ।

त्यस बखत हामीलाई लाग्यो कि यो पयर्टक आउने समय हो र स्थानीय प्रशासनले बाहिरका मानिस आएर स्थानीयलाई संक्रमित नगरुन् भन्नका लागि बन्द गरिँदैछ ।

आफ्नो डुगा फर्किएपछि उनीहरु दुईले ग्रानडा तर्फको यात्रामा लागे । फेरि समुन्द्रको एक स्थानमा पुगेपछि उनीहरुलाई फोर जीको सिग्नल मिल्यो र उनीहरुले विश्वको अवस्थाबारे थाहा पाए ।

\त्यसपछि उनीहरुले थाहा पाएकी भाइरसको प्रकोप कस्तो खालको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : १८ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)