आजका समाचार : खगेन्द्र सुनारको विवादित अडियो सार्वजनिक, गृहमन्त्री गुरुङ भारततिर, कांग्रेस महाधिवेशनको मतगणना जारी र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा « Khabarhub

आजका समाचार : खगेन्द्र सुनारको विवादित अडियो सार्वजनिक, गृहमन्त्री गुरुङ भारततिर, कांग्रेस महाधिवेशनको मतगणना जारी र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारततर्फ प्रस्थान गरेका छन्। गृहमन्त्रीको कार्यभार सम्हालेयता उनको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो।

गृहमन्त्री गुरुङ सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजना हुने बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ।

सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रूपमा यो बैठकको परिकल्पना गरेको थियो। सोही परिकल्पनाअनुसार पहिलोपटक भारतमा यो बैठक आयोजना हुन लागेको हो। बैठकमा बिमस्टेक सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरूको सहभागिता रहनेछ।

बैठकमा बिमस्टेक क्षेत्रमा देखा परेका लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा तथा साईबर अपराधजस्ता अन्तरदेशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धन गर्न गहन छलफल हुनेछ। सो क्रममा सुरक्षा क्षेत्रका बिमस्टेकस्तरीय विभिन्न संयन्त्रमा भएका छलफल र दस्तावेजहरू पारित गर्दै संयुक्त घोषणापत्रसमेत जारी गरिनेछ।

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गणना भइरहेको छ।

सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएपछि निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणना तीव्र पारेको हो। धेरै पद र उम्मेदवारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै टोली बनाएर गणना अघि बढाइएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

जसअनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना ५ स्थानमा भइरहेको छ भने प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनाका लागि सबैभन्दा धेरै ९ स्थानमा टोली परिचालन गरिएको छ।

यस्तै, आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना ३ स्थानमा भइरहेको छ। सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्य, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना ४ स्थानमा जारी छ भने पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको गणना २ स्थानमा भइरहेको छ।

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन् । 

सोमबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले विगतमा पटक–पटक पार्टीलाई घेराबन्दीको प्रयास भइरहेको भन्दै आगामी निर्वाचन नजिकिँदै गर्दा अहिले पनि पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका हुन् ।

उनले लोकतन्त्र मासिएको, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको अवस्थामा तिनको पुनरुत्थान अनिवार्य सर्त रहेको उल्लेख गरे । राष्ट्रियताको पक्षमा उभिँदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिने उनले बताए । अध्यक्ष ओलीले पार्टीलाई सशक्त रुपमा अघि बढाउनुपर्ने भएकाले आन्तरिक विरोध र असहमतिमा अल्झिनु नहुने धारणा राखे । 

उनले ’समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने, सत्य, समानता र मानवताको बाटोमा हिँड्ने उद्देश्य बोकेको पार्टी एमाले भएकाले साना–मसिना गलत कुरामा अल्झिन नहुने बताए । 

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

एमाले केन्द्रीय कमिटी सदस्यले लिए शपथ

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारको विवादित अडियो संवाद सार्वजनिक भएको छ ।

एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारेर अश्लिल भिडियो बनाउँदै ब्ल्याकमेल गर्दै ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिएको अडियो सार्वजनिक भएको हो ।

जनआस्थाले सार्वजनिक गरेको अडियोमा सांसद सुनारले महिलालाई अश्लिल गालीगलौज गर्दै पैसा मागेको र नदिए मार्ने, घरमा आगो लगाउने, बलात्कार गर्ने र ‘मारेर रगत खाने’ धम्की दिएको सुन्न सकिन्छ ।

यो अडियो संवाद सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले सुनारप्रति आक्रोश व्यक्त गरेका छन् । अडियोमा सुनारले फोहोरी र सुन्नै नसक्ने शब्दसमेत प्रयोग गरेका छन् । सार्वजनिक अडियोमा महिलाले तनावका कारण आफ्नो फेसबुक अकाउण्ट डिएक्टिभेट गर्नु परेको बताउँछिन् ।

सुनारले ‘आज तेरो रगत कसरी खान्छु,पख्’ भन्दै अकाउण्ट एक्टिभेट गर्न चेतावनी दिएर गाली गरेको सुनिन्छ।

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन
मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुर्‍याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सोमबार सर्वोच्च अदालततर्फ र्‍याली निकालेका छन् ।

सप्ताहन्तमा प्रहरीले हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि मतदाता सूची पुनरावलोकनविरुद्धको आन्दोलन थप चर्किएको हो । विपक्षी सांसद तथा उनीहरूका समर्थकले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रधानन्यायाधीशसमक्ष निवेदन बुझाउने प्रयास गरेका थिए ।

गत वर्ष निर्वाचन अधिकारीहरूले मतदाता सूची पुनरावलोकन प्रक्रिया सुरु गरेपछि भारतमा विरोध प्रदर्शन चर्किएको हो । उक्त प्रक्रियाअन्तर्गत १३ करोडभन्दा बढी मतदाताका नाम हटाइएको घटनालाई लिएर ‘कक्रोच’ नामक युवा आन्दोलनको नेतृत्वमा प्रदर्शन भइरहेको छ ।

आलोचकहरूले मतदाता सूची पुनरावलोकन राजनीतिक उद्देश्यबाट प्रेरित रहेको आरोप लगाएका छन् । उनीहरूका अनुसार यस प्रक्रियाले वास्तविक र योग्य मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न सक्छ । तर, मोदीको दल भाजपा र निर्वाचन आयोगले मतदाता सूचीमा हेरफेर गरिएको आरोप अस्वीकार गरेका छन् । उनीहरूले दोहोरिएका तथा अयोग्य मतदाताका नाम हटाउन सूची पुनरावलोकन आवश्यक रहेको दाबी गरेका छन् ।

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

जेलेन्स्कीलाई जानकारी नदिई ट्रम्पले घोषणा गरे रुस र युक्रेनबिच ‘तत्काल लागू हुने गरी’ ऊर्जा युद्धविराम

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी




















प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ७ : ५५ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)