आजदेखि विद्युतीय शवदाह गृह सञ्चालन « Khabarhub

आजदेखि विद्युतीय शवदाह गृह सञ्चालन


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्राविधिक समस्या आएपछि केही दिन बन्द रहेको पशुपतिस्थित  नेपालको एक मात्र विद्युतीय शवदाह गृह आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

शवदाह गृहको निर्मलीकरण पूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो । कोरोना भाइरस सङ्क्रमित सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई जेठ ३ गते साँझ यन्त्रबाट दहन गरिएपछि प्राविधिक समस्या आएको भन्दै बन्द गरिएको थियो ।

शवदाह गृहसमेत हेर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले निर्मलीकरण प्रक्रिया पूरा भएको हुँदा आइतबारदेखि पुनः चालू गरिने जानकारी दिएका हुन् ।

विगतमा चौबीसै घण्टा चालू गरिँदै आएको शव दाह गृह अब भने बिहान ८ देखि साँझ ७ बजेसम्म आएका शवलाई दाह गर्ने गरी चलाउन लागिएको उनले जानकारी दिए ।

कोरोना संक्रमित सुत्केरी महिलाको शवदाह गर्दा संलग्न नौ जना कर्मचारीलाई गृह परिसरमा क्वारेन्टाइनमा राखिएको थियो । अब तिनलाई नजिकैको किरियापुत्री घरको एक खण्डमा स्थानान्तरण गरिएपछि शवदाह सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए ।

यो पनि पढौं

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ११ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब