नायिका केकी अधिकारी भन्छिन – हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च « Khabarhub

नायिका केकी अधिकारी भन्छिन – हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नायिका केकी अधिकारीले आफ्नो फेसबुब मार्फत छिमेकीलाई आफ्नो भूमिबाट स–सम्मानका साथ फिर्ता पठाउन तयार रहेको धारणा राखेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘भूपरिवेष्ठित राष्ट्र भएको कारणले हाम्रो भारतसँगको निर्भरता र अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा छ । तर जब प्रश्न राष्ट्रिय स्वाधीनता र स्वार्वभौमसम्त्ता माथी उठछ, हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च हुन्छ ।

सीमाको विषयमा हामी सबै नेपाली एक छौँ । कोही पक्ष अनि विपक्ष छैनौं । हामीसँग स्पष्ट प्रमाणहरु प्रशस्त छन् । हामीले आफ्नै भूमिको विषयमा कसैसङ्ग बहस गर्न आवश्यक त छैन । तर सम्मान स्वरुप हामी प्रमाणसहित बार्ता गर्न तयार छौँ । हामी आफ्नो चिज चाहन्छौँ । अरुकोमा र्याल काड्दैनौँ ।’

नायिका केकी अधिकारीले थप लेख्छिन्, ‘हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहँदा यो नभुलौँ कि हामी नेपाली विश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ ।

कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौ । हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं ।

हामी वैमनस्यतामा हैन बिचारमा बिश्वास राख्छौ । हामी छिमेकीको जमीन हडप्नमा हैन, छिमेकीलाई हाम्रै हडप्न खोजेको जमिनमा ससम्मान चिया नास्ता खुवाएर बिदा गर्नमा बिश्वास राख्छौं । भूगोलले सानो भएपनि नेपालीको मन ठूला ठूला देश भन्दा पनि विशाल छ । नेपाली हो नि’ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ५४ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट