काठमाडौं – सुदूरपश्चिममा शनिवार पुष्टि भएका थप चार जना कोरोना भाइरसका संक्रमित २ हजार भन्दाबढी मानिससँगै नेपाल आएको खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार ८ जेठमा भारतबाट गौरीफण्टा नाका हुँदै नेपाल प्रवेस गरेका उनीहरुसहित दुई हजार चार सय ९८ जनाको उद्दार गरिएको थियो ।
उनीहरूमा आरडीटी गर्दा पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।
संक्रमित बैतडीको शिवनाथ गाउँपालिकाकाका २७ र २० वर्षीय तथा शिवनाथ गाउँपालिकाका २० र २७ वर्षीय पुरूष रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया