भूमि अतिक्रमणको विरोध गर्दै एनआरएनए फ्रान्सले मोदीलाई पठायो पत्र « Khabarhub

भूमि अतिक्रमणको विरोध गर्दै एनआरएनए फ्रान्सले मोदीलाई पठायो पत्र


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पेरिस- नेपाली भूमि अतिक्रमणको विरोध गर्दै गैर आवासीय नेपाली संघ (एनआरएन) फ्रान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको छ । भारतले गरेको सीमा अतिक्रमणको बिरोधमा फ्रान्सको राजधानी पेरिसमा रहेको भारतीय राजदुतावासमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई ज्ञापनपत्र पठाएको हो ।

छिमेकी मुलुकले पटक-पटक गर्दै आएको नेपाली भूमि अतिक्रमणको विरोधमा एनआरएन फ्रान्सले हुलाकबाट विरोध पत्र पठाएको हो । पत्रमा संघका अध्यक्ष नरेन्द्र शाही (ठकुरी ) र महासचिब मिन श्रेष्ठ को संयुक्त हस्ताक्षर छ।

ज्ञापन पत्रमा भारतले अतिक्रमण गरेको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्न आग्रह गरिएको छ।

एनआरएन फ्रान्सले पहिलो चरणको विरोध कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाएको हो। फ्रान्समा कोरोना संक्रमणले धर्ना, जुलुस जस्ता कार्यक्रम गर्न प्रतिबन्ध गरिएको छ ।

बिगतमा पनि २८ नोभेम्बर २०१९ मा भारतीय राजदुताबास अघि एनआरएन फ्रान्सले सामूहिक बिरोध प्रदर्शन गरेको थियो ।

सहभागीले नेपालको सीमामाथि भारतीय हस्तक्षेप सह्य नभएको भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित मुद्दामा विदेशस्थित गैरआवासीय नेपाली समूदाय एकसाथ उभिनु पर्ने बताएका थिए।

एनआरएन फ्रान्सले बुझाएको ज्ञापनपत्र

प्रशान्त उप्रेतीबाट

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ८ : ३७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा