रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा « Khabarhub

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

साविक विजेता बार्साले मंगलबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओमाथि १-० को जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा इभान राकीटिचले दोस्रो हाफको मध्यतिर गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

बार्सिलोनाले लगातार बल पोसेसन राख्दै दबाब बनाएपछि बिल्बाओको रक्षात्मक रणनीति तोड्न हम्मेहम्मे परेको थियो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

राकीटिचले खेलको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिओनेल मेस्सीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्न खोजेको बल डिफेनडरलाई लाग्दै फुस्किएपछि राकीटिचले पहिलो टचमा नै गोल गरेका थिए ।

राकीटिचले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको ६ मिनेटपछि नै गोल गरेका थिए । सो गोल नै निर्णायक बनेको थियो ।

यस जितसँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको ३१ खेलमा ६८ अंक रहेको छ ।

दोस्रो स्थानको रियल म्याड्रिडको ३० खेलमा ६५ अंक छ । रियलले बुधबार घरेलु मैदानमा मालोर्काविरुद्ध जित दर्ता गरे शीर्षस्थानमा उक्लनेछ । बिल्बाओ भने ३१ खेलमा ४२ अंकसहित दशौं स्थानमा छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : २४ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय