अमेरिकामा विदेशी कामदारलाई रोक « Khabarhub

अमेरिकामा विदेशी कामदारलाई रोक


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारका लागि दिँदै आइएको भिसा यस वर्षको अन्त्यसम्मका लागि रोक लगाएका छन् ।

राष्ट्रपतिको पछिल्लो निर्णयले अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का कारण जागिर गुमाएकाहरूलाई राहत पुग्ने ह्वाइटहाउसले जनाएको छ ।

जसका कारण संकटपूर्ण अर्थतन्त्रलाई केही टेवा पुग्ने ट्रम्पको भनाइ छ । तर, व्यापारिक समूहहरूले भने सरकारी निर्णयको विरोध गरेका छन् ।

राष्ट्रपति ट्रम्पले निलम्बन गरेको ‘एच–१ बी’ भिसाका कारण भारतका सूचना प्रविधिसम्बन्धी कम्पनी र कामदारहरू बढी प्रभावित हुने जनाइएको छ । अमेरिकाले प्रत्येक वर्ष ८५ हजार ‘एच–१ बी’ भिसा जारी गर्दै आएको छ । तीमध्ये करिब ७० प्रतिशत भारतीय छन् ।

ट्रम्पको उक्त निर्णयले उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आय र उच्च तहमा कार्यरत कर्मचारी काम गर्ने कार्यकारीहरू प्रभावित हुने जनाइएको छ ।

के हो एच-१ बी भिसा ?

एच- १ बी भिसा अमेरिकी श्रम बजारमा आवश्यक दक्ष कामदारलाई दिइने रोजगारीमा आधारित भिसा हो ।

सन् १९५२ मा अमेरिकी कंग्रेसले पारित गरेको ‘आप्रवासन एवं राष्ट्रियता ऐन’ मार्फत् यो भिसाको परिकल्पना गरिएको थियो । यद्यपि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी भनी एच- वान भिसाको वर्गिकरण गरिएको थियो । उच्च शिक्षा हासिल गरेका र अमेरिकी श्रम बजारमा धेरै माग रहेका दक्ष कामदारलाई यो भिसा दिइन्छ ।

यसअघिसम्म यो भिसा चाहनेका रोजगारदाताले अमेरिकाको नागरिकता एवं अध्यागमन सेवामा आवेदन दिनुपर्थ्यो। त्यसपछि मात्र अमेरिकाको नागरिकता एवं अध्यागमन सेवा युएससीआईएसले आवेदकहरुबाट छानेर निश्चित संख्याका आवेदकलाई मात्र भिसा उपलब्ध गराउँथ्यो ।

यसबाट युएससीआईएस र आवेदकलाई अनावश्यक कागजी झन्झट हुने गरेकोमा यसका लागि नयाँ प्रक्रिया थालनी गरिएको छ । यसअनुसार वर्ष २०२१ का लागि नयाँ प्रक्रियामार्फत रोजगारदाताले यो भिसाका लागि अनलाइनमार्फत् आवेदन दिनुपर्ने प्रक्रिया अघि बढाइएको थियो ।

गैरआप्रवासीहरूका लागि जारी गरिने ‘एच–१ बी’ भिसावाहकले ६ वर्षसम्म अमेरिकामा काम गर्न पाउँछन् । सामान्यत: अमेरिकामा कामदार अभाव भएपछि विदेशीहरूका लागि यस्तो भिसा दिने गरिन्छ ।

‘एच–१ बी’ भिसा पाउने जुनसुकै विदेशीहरूले अमेरिकामा स्थायी बसोबासका लागि आवेदन दिन तथा सम्पत्ति खरिद गर्न पाउनेछन् ।

यो भिसाअन्तर्गत भारतीय प्रविधि कम्पनी बिप्रो, इन्फोसिस र टाटा कन्सल्टेन्सी सर्भिसेजले अमेरिकामा कामदार पठाउँदै आएका थिए । यस भिसाअन्तर्गत अमेरिकाका गुगल, फेसबुक तथा ट्वीटरले भारतका कामदार अमेरिका ल्याउने गरेका थिए ।

ट्रम्पको घोषणाले खासगरी भिसाका लागि आवेदन दिने तयारीमा रहेकाहरूलाई प्रभाव पर्ने बीबीसीले जनाएको छ । त्यस्तै, आफ्नो देश फर्केका ‘एच–१ बी’ भिसावाहक समेत यो वर्ष अमेरिका प्रवेश गर्न पाउने छैनन् ।

नयाँ नियमका कारण अमेरिकामा काम गर्ने करिब ५ लाख २५ हजार विदेशीसमेत प्रभावित हुने जनाइएको छ । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्ड लिने तयारीमा रहेका करिब १ लाख ७० हजार विदेशी कामदार छन् ।

ट्रम्प प्रशासनले गत अप्रिलमा पहिलोपटक स्थायी बसोबास तथा ग्रिन कार्डका लागि हुने प्रक्रिया रोक्ने बताएको थियो । उक्त घोषणाको समय सोमबार सकिएको छ । तर अब यो वर्षको अन्त्यसम्म नयाँ नियम लागू हुनेछ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : ५४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको