रास्वपा बिग्रिएको निचोडसहित डीपीले भने : मझेरी खनेर आँगन पुर्ने काम बन्द गरौँ « Khabarhub

रास्वपा बिग्रिएको निचोडसहित डीपीले भने : मझेरी खनेर आँगन पुर्ने काम बन्द गरौँ


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी)ले संगठनमा आफ्नै मूल्यमान्यता स्थापित गर्न नसक्दा समस्या बढेको स्वीकारेका छन्।

पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकलाई चितवनको सौराहामा शुक्रबार सम्बोधनका क्रममा अर्यालले यस्तो बताएका हुन् ।

आन्तरिक गोपनीयता भङ्ग र नेताहरूको राजनीतिक चरित्रहरूमा विवाद बढाउने प्रवृत्तिलाई पार्टीले निराकरण गर्न नसकेको पनि उनले स्वीकार गरेका छन् ।

कार्यवाहक सभापति अर्यालले राजनीति प्रतिवेदन प्रस्तुत गर्नुअगाडि मन्तव्य राख्दै आफ्नै संस्कार र संस्कृति स्थापना गर्न नसकेकाले अबका दिनमा सुधार गर्नुपर्ने उनले बताए ।

अर्यालले प्रस्तुत गरेको राजनीति प्रतिवेदनमा देशभरका जनता र शुभेच्छकहरूलाई पार्टीको एकिन धारणा दिन नसकेको पनि स्वीकार गरेका छन् ।

‘रास्वपालाई कमजोर बनाएर तपाईं-हामी कहिले बलियो हुन सक्दैनौँ। मझेरी खनेर आँगन पुर्ने काम हामीले गर्नु हुँदैन’, उनले भने, ‘छातीमा हात राखेर भन्नुस् तपाईं नै उम्मेदवार हुनु भए चुनाव जित्नुहुन्छ ?’

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा आफूले चुनाव जित्ने भन्दा अरू नै उम्मेदवार खोजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

‘हामी सबैलाई लागेको छ, चुनाव त जित्न सकिन्छ तर त्यसका लागि हाम्रो होइन, राम्रो उम्मेदवार चाहिन्छ। हामी आफैंलाई चुनाव जित्ने विश्वास राम्रो छैन’, उनले भने, ‘हामी अरू नै उम्मेदवार खोज्दैछौं। यत्रो पार्टीबाट आफैँले जित्ने उम्मेदवार दिन नसक्ने गल्ती कसको हो ? मेरो मात्रै हो कि तपाईंको पनि हो ? तपाईं-हामी सबैले समीक्षा गरौँ । आगामी चुनाव हामीले जित्नै पर्नेछ।’

उनले रास्वपाभित्र सम्भावना भएका नेताहरूको खुट्टा तान्ने प्रवृत्ति रहेको उल्लेख गरे । त्यहीकारण यस्तो प्रवृत्तिलाई सुधार गर्नुपर्ने पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

‘पार्टीलाई विचार दृष्टि र कार्यशैलीले नयाँ र पुरानो रुपमा चिनिने हो । हामी नयाँ पुराना भन्दाभन्दा पुरानै लहरामा पुग्ने खतरा बढेको त छैन, यसतर्फ सचेत भएनौँ भने सकिन्छौँ । अब हामीले सँच्चिने कि सक्किने भनेर आफैंलाई प्रश्न गर्नु जरुरी छ।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १ : ४४ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता