पाकिस्तानका थप ७ क्रिकेटरमा कोरोना संक्रमण पुष्टि « Khabarhub

पाकिस्तानका थप ७ क्रिकेटरमा कोरोना संक्रमण पुष्टि


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान राष्ट्रिय क्रिकेट टीमका थप सात जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

जुन २८ मा इङ्ग्ल्यान्ड टुरका लागि जाने तयारीमा रहेको पाकिस्तानका थप सात जना खेलाडीमा संक्रमण पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ ।

यसअघि तीन जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै पाकिस्तान टोलीका दश जनामा संक्रमण देखिएको छ ।

कोरोना नेगेटिभ देखिएका खेलाडी भने इङ्ग्ल्यान्ड टुरमा हुनेछन् । पीसीबीका प्रमुख कार्यकाकारी अधिकृत वासिम खानले भने, ‘इङ्ग्ल्यान्ड टुर निकै नजिक छ । टुर तालिका बमोजिम हुनेछ ।’

पाकिस्तानले इङ्ग्ल्यान्ड टुरमा तीन टेस्ट सिरिज र तीन टि–२० खेल्ने तय भएको छ । पाकिस्तानका तीन जना खेलाडीमा मात्रै कोरोना भाइरसको संक्रमण देखिँदा इङ्ग्ल्यान्ड क्रिकेट निर्देशक अस्ले गिल्सले भनेका थिए, ‘पाकिस्तान सुरक्षित साथ आउनेमा हामी आशावादी छौं ।’

कोरोना लक्ष्यण नदेखिँदै पनि खेलाडीको रिर्पोट पोजेटिभ आएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : ५६ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज