एजेन्डामै प्रवेश नगरी नेकपा स्थायी कमिटी बैठक स्थगित « Khabarhub

एजेन्डामै प्रवेश नगरी नेकपा स्थायी कमिटी बैठक स्थगित


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठकमा अध्यक्षद्वयले आफ्नो विचार राखेपछि अन्य एजेन्डामा प्रवेश गर्नेगरी बैठकका एजेन्डा तयार पारिएको थियो ।

बैठकमा एजेन्डा प्रस्तुत भएपछि शुक्रबार बस्नेगरी बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:३० बाट सुरू भएको बैठक दिउँसो २:३० बजे स्थगित भएको हो ।

आजको बैठक सुरुवात मात्र भएकाले अध्यक्षद्वयले आफ्नो विचार राखेको र बैठकमा क्रमश छलफल अघि बढाइने नेता देव गुरुङले जानकारी दिए ।

बैठकको बारेमा जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तय गरेको एजेन्ड महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको जानकारी दिए ।

महासचिव पौडेलले बैठकका एजेन्डा सार्वजनिक गर्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका बारेमा धारणा राख्ने बताए ।

त्यस्तै सरकारको कामका बारेमा हुने समीक्षा पनि एजेन्डामा राखिएको जानकारी दिए ।

सरकारले गरेको काममध्ये कोविड १९ नियन्त्रण रोकथाम र उपचारका क्रममा सरकारले गरेको कामका बारेमा छलफल गर्ने एजेन्डा तय भएको छ ।

त्यस्तै नेपालको सीमा समस्या र समाधानका क्षेत्रमा भइरहेको कामका बारेमा पनि समीक्षा हुने एजेन्डा तय गरिएको छ ।

त्यस्तै बैठकमा पार्टी एकताका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल हुनेछ । बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसीका विषयमा पनि कुराकानी हुनेछ ।

बैठक फेरि शुक्रबार बस्नेछ ।

बैठकले तय गरेका एजेन्डा हेर्नुहोस् ।

Image may contain: text

प्रकाशित मिति : १० असार २०७७, बुधबार  २ : ५१ बजे

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र