थप ११४ जना कोरोना संक्रमणमुक्त, हालसम्म २३३८ निको भए | Khabarhub Khabarhub

थप ११४ जना कोरोना संक्रमणमुक्त, हालसम्म २३३८ निको भए


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २३३८ पुगेको छ । जसमध्ये २१४१ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा पछिल्लो २४ घण्टामा ११४ जना कोरोना भाइरसको संक्रमण जितेर निको भएका छन् ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

पछिल्लो पटक ८ महिला र १०६ जना गरी ११४ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म जना २ हजार ३ सय ३८ उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार  जलेश्वर अस्पताल महोत्तरीबाट १ महिला र १८ पुरुष, कोभिड अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पतालबाट ३ पुरुष, भरतपुर अस्पतालबाट ३ पुरुष, चितवनबाट ५ महिला १३ पुरुष, कपिलबस्तुबाट १ महिला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका ४ पुरुष, मोरङका १८ पुरुष र सुनसरीका १ महिला ४ पुरुष, तेह्रथुमका १ पुरुष, दमौली अस्पताल तनहुँबाट १ पुरुष डिस्चार्ज भएका छन्।

त्यसैगरी, धौलागिरी अस्पताल बागलुङ बाट ४ पुरुष, गोरखा अस्पतालबाट १ पुरुष, विपी कोइराला शुक्ला गण्डकी अस्पताल तनहुँबाट ६ पुरुष, कालिका अस्पताल स्याङजाबाट १० पुरुष संक्रमण मुक्त भएका छन्।

देशभरबाट हालसम्म २ हजार ३३८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला १९७ र २ हजार १४१ जना पुरुष रहेका छन्।

मन्त्रालयका अनुसार बुधबार थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १० हजार ७२८ पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको हो। त्यसैगरी कोरोनाका कारण नेपालमा हालसम्म २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : ३३ बजे

परराष्ट्रमन्त्रीको प्रष्टिकरण : विपिन जोशीको रिहाइका लागि निरन्तर पहल र कोसिस गर्‍यौँ

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो

‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता, दुई दशकपछि रेखासँग सहकार्य गर्दै

काठमाडौं – सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनय गर्न

विदेश सचिव मिस्रीको दुई दिने नेपाल भ्रमण, नयाँदिल्लीले भन्यो : उपलब्धि र फलदायी

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमण सकेर

‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज

काठमाडौं – ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरेका फिरोज तिमलसेनाले