थप ११४ जना कोरोना संक्रमणमुक्त, हालसम्म २३३८ निको भए « Khabarhub

थप ११४ जना कोरोना संक्रमणमुक्त, हालसम्म २३३८ निको भए


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २३३८ पुगेको छ । जसमध्ये २१४१ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा पछिल्लो २४ घण्टामा ११४ जना कोरोना भाइरसको संक्रमण जितेर निको भएका छन् ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

पछिल्लो पटक ८ महिला र १०६ जना गरी ११४ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म जना २ हजार ३ सय ३८ उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार  जलेश्वर अस्पताल महोत्तरीबाट १ महिला र १८ पुरुष, कोभिड अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पतालबाट ३ पुरुष, भरतपुर अस्पतालबाट ३ पुरुष, चितवनबाट ५ महिला १३ पुरुष, कपिलबस्तुबाट १ महिला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका ४ पुरुष, मोरङका १८ पुरुष र सुनसरीका १ महिला ४ पुरुष, तेह्रथुमका १ पुरुष, दमौली अस्पताल तनहुँबाट १ पुरुष डिस्चार्ज भएका छन्।

त्यसैगरी, धौलागिरी अस्पताल बागलुङ बाट ४ पुरुष, गोरखा अस्पतालबाट १ पुरुष, विपी कोइराला शुक्ला गण्डकी अस्पताल तनहुँबाट ६ पुरुष, कालिका अस्पताल स्याङजाबाट १० पुरुष संक्रमण मुक्त भएका छन्।

देशभरबाट हालसम्म २ हजार ३३८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला १९७ र २ हजार १४१ जना पुरुष रहेका छन्।

मन्त्रालयका अनुसार बुधबार थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १० हजार ७२८ पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको हो। त्यसैगरी कोरोनाका कारण नेपालमा हालसम्म २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : ३३ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक