कोरोना कहर : जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा | Khabarhub Khabarhub

कोरोना कहर : जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्ला अस्पतालका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि सङ्क्रमण समुदायमा फैलिन नदिन जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी निषेधाज्ञा आज दिउँसाे ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि घाेषणा गरिएको हो ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सङ्क्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ ( ३) बमोजिमकाे हाे । निषेधाज्ञा जारी गरी सिल गरिएको क्षेत्रमा चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला रहेकाे प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

आजै कोभिड–१९ कमाण्ड नियन्त्रण समितिको बैठकको निर्णय अनुसार र जिल्ला सुरक्षा समितिको बैठकमै निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले इमर्जेन्सी सेवाबाहेक सबै बन्द गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुको आजै स्वाब लिइएको छ ।

कर्णाली प्रतिष्ठानमा काम गरिरहेका चार जना र एक जना अन्य गरी पाँच जनामा कोरोना पोजिटिभ देखिएपछि सर्तकता अपनाइएको हाे ।

४ जना स्वास्थ्यकर्मीसहित थपिए २८ संक्रमित

कर्णाली प्रदेशमा ४ जना स्वास्थ्यकर्मीसहित थप २८ जनामा कोरोना संक्रमण पृष्टी भएको छ ।

प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार २० र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण अनुसार थप ८ जनामा कोरोना संक्रमण पृष्टी भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय ३५ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कोरोना पृष्टी भएकामध्ये सुर्खेतका १३, दैलेखका ३, जाजरकोट, कालिकोट, दाङ र धनुषाका १-१ जना, जुम्लाका ४ जना स्वास्थ्यकर्मी (२ महिला, २ पुरुष), रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका १-१ जना व्यक्ति रहेका छन् ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टिपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्र सिल गरिएको छ । भने जुम्ला सदरमुकाम क्षेत्र निषेधाज्ञा जारी गरिएको छ । यस्तै बुधबार ८ जनाले कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ६८ पुगेको छ । भने कर्णालीमा पृष्टी भइ मृत्यु हुनेको संख्या ५ पुगेको छ । कर्णालीमा हालसम्म १८ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय ३६ र सबैभन्दा कम डोल्पामा १ तथा मुगु र हुम्लाका २-२ जनालाई कोरोना पृष्टि भएको छ । यस्तै सल्यानका १ सय ६३, सुर्खेतका ३ सय १५, जाजरकोट ११, कालिकोट ४४, जुम्लामा २८ र अन्य प्रदेशका २२ जनामा कोरोना पृष्टि भएको छ ।

 

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : १२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०