कोरोना कहर : जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा | Khabarhub Khabarhub

कोरोना कहर : जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्ला अस्पतालका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि सङ्क्रमण समुदायमा फैलिन नदिन जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी निषेधाज्ञा आज दिउँसाे ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि घाेषणा गरिएको हो ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सङ्क्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ ( ३) बमोजिमकाे हाे । निषेधाज्ञा जारी गरी सिल गरिएको क्षेत्रमा चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला रहेकाे प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

आजै कोभिड–१९ कमाण्ड नियन्त्रण समितिको बैठकको निर्णय अनुसार र जिल्ला सुरक्षा समितिको बैठकमै निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले इमर्जेन्सी सेवाबाहेक सबै बन्द गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुको आजै स्वाब लिइएको छ ।

कर्णाली प्रतिष्ठानमा काम गरिरहेका चार जना र एक जना अन्य गरी पाँच जनामा कोरोना पोजिटिभ देखिएपछि सर्तकता अपनाइएको हाे ।

४ जना स्वास्थ्यकर्मीसहित थपिए २८ संक्रमित

कर्णाली प्रदेशमा ४ जना स्वास्थ्यकर्मीसहित थप २८ जनामा कोरोना संक्रमण पृष्टी भएको छ ।

प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार २० र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण अनुसार थप ८ जनामा कोरोना संक्रमण पृष्टी भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय ३५ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कोरोना पृष्टी भएकामध्ये सुर्खेतका १३, दैलेखका ३, जाजरकोट, कालिकोट, दाङ र धनुषाका १-१ जना, जुम्लाका ४ जना स्वास्थ्यकर्मी (२ महिला, २ पुरुष), रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका १-१ जना व्यक्ति रहेका छन् ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टिपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्र सिल गरिएको छ । भने जुम्ला सदरमुकाम क्षेत्र निषेधाज्ञा जारी गरिएको छ । यस्तै बुधबार ८ जनाले कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ६८ पुगेको छ । भने कर्णालीमा पृष्टी भइ मृत्यु हुनेको संख्या ५ पुगेको छ । कर्णालीमा हालसम्म १८ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय ३६ र सबैभन्दा कम डोल्पामा १ तथा मुगु र हुम्लाका २-२ जनालाई कोरोना पृष्टि भएको छ । यस्तै सल्यानका १ सय ६३, सुर्खेतका ३ सय १५, जाजरकोट ११, कालिकोट ४४, जुम्लामा २८ र अन्य प्रदेशका २२ जनामा कोरोना पृष्टि भएको छ ।

 

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : १२ बजे

सांसदलाई कांग्रेसको निर्देशन- जिम्मेवारीपूर्वक क्रियाशील रहनू

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई संसद् र आफ्ना विषयगत समितिका

सूचनाको हकको प्रयोगले सुशासन कायम भएको छ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको प्रयोगले प्रदेश

कांग्रेस संसदीय दलको बैठक : सरकारको नीति तथा कार्यक्रमलाई समर्थन, रचनात्मक सुझाव राखिने 

काठमाडौं– नेपाली कांग्रेसले संघीय संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा

अस्ट्रेलियाको चुनावमा सत्तारुढ लेबर पार्टी विजयी

काठमाडौं– अस्ट्रेलियामा आयोजित संसदीय निर्वाचनमा सत्तारुढ लेबर पार्टी विजयी भएको

पत्रकारलाई प्रधानमन्त्रीको शुभकामना : आवाज नथुनिऊन्, कलम नथाकून्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका