कोरोना कहर : जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा « Khabarhub

कोरोना कहर : जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्ला अस्पतालका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि सङ्क्रमण समुदायमा फैलिन नदिन जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी निषेधाज्ञा आज दिउँसाे ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि घाेषणा गरिएको हो ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सङ्क्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ ( ३) बमोजिमकाे हाे । निषेधाज्ञा जारी गरी सिल गरिएको क्षेत्रमा चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला रहेकाे प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

आजै कोभिड–१९ कमाण्ड नियन्त्रण समितिको बैठकको निर्णय अनुसार र जिल्ला सुरक्षा समितिको बैठकमै निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले इमर्जेन्सी सेवाबाहेक सबै बन्द गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुको आजै स्वाब लिइएको छ ।

कर्णाली प्रतिष्ठानमा काम गरिरहेका चार जना र एक जना अन्य गरी पाँच जनामा कोरोना पोजिटिभ देखिएपछि सर्तकता अपनाइएको हाे ।

४ जना स्वास्थ्यकर्मीसहित थपिए २८ संक्रमित

कर्णाली प्रदेशमा ४ जना स्वास्थ्यकर्मीसहित थप २८ जनामा कोरोना संक्रमण पृष्टी भएको छ ।

प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार २० र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण अनुसार थप ८ जनामा कोरोना संक्रमण पृष्टी भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय ३५ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कोरोना पृष्टी भएकामध्ये सुर्खेतका १३, दैलेखका ३, जाजरकोट, कालिकोट, दाङ र धनुषाका १-१ जना, जुम्लाका ४ जना स्वास्थ्यकर्मी (२ महिला, २ पुरुष), रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका १-१ जना व्यक्ति रहेका छन् ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टिपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्र सिल गरिएको छ । भने जुम्ला सदरमुकाम क्षेत्र निषेधाज्ञा जारी गरिएको छ । यस्तै बुधबार ८ जनाले कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ६८ पुगेको छ । भने कर्णालीमा पृष्टी भइ मृत्यु हुनेको संख्या ५ पुगेको छ । कर्णालीमा हालसम्म १८ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय ३६ र सबैभन्दा कम डोल्पामा १ तथा मुगु र हुम्लाका २-२ जनालाई कोरोना पृष्टि भएको छ । यस्तै सल्यानका १ सय ६३, सुर्खेतका ३ सय १५, जाजरकोट ११, कालिकोट ४४, जुम्लामा २८ र अन्य प्रदेशका २२ जनामा कोरोना पृष्टि भएको छ ।

 

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : १२ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका