ललितपुर महानगरले ल्यायो ४ अर्ब ७९ करोडको बजेट « Khabarhub

ललितपुर महानगरले ल्यायो ४ अर्ब ७९ करोडको बजेट


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/२०७८का लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ ।

बुधबार महानगरमा मेयर चिरीबाबु महर्जनले बजेट सार्वजनिक गरेका हुन् । महानगरले कारोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाएको छ । कारोना संक्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा १० प्रतिशत छुट दिने मेयर महर्जनले बताए ।

महानगरका प्रमुख महर्जनले आर्थिक वर्ष २०७७/७८को नीति समेत प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने नीति लिएको बताए ।

उनले घरेलु तथा साना उद्योगहरुलाई समेत प्राथमिकतामा राखेर नीति तयार गरेको स्पष्ट पार्दै त्यसै अनुसारको कार्यक्रम ल्याउने स्पष्ट पारे ।

उनले महानगरपालिको जन अपेक्षा अनुसार काम गर्न चुनौती भोगिरहेको अवस्थामा कोभिडले त्यो चुनौती थपिदिएको बताए । उनले कोभिडसँग भाग्ने नभई सर्तक भएर कोरोना जित्न नगरवासीको सहयोग महत्वपूर्ण भएको स्पष्ट पारे ।
प्रस्तुत नीतिमा उल्लेख भए अनुसार महानगरको वडा नं १८, २१, २२, २३, २४, २५,२६, २७, २८, २९लाई कृषि पकेट एरिया घोषणा गर्ने उल्लेख गरिएको छ । महानगरमा २९ वडा रहेका छन् ।

कोभिडका कारण खाद्यन्न अभाव हुनसक्ने भन्दै यस अघि नै महानगरपालिकाले मल तथा तरकारीको बीउ विजन वडावासीलाई अनुदान दिएको थियो । यी वडाहरुमा महानगरको अन्य वडाहरुमा भन्दा खुल्ला र खेती योग्य ठाउँ धेरै छन् । त्यसैगरी घरभएका जमिन नभएका वडावासीहरुलाई कौसी खेतीको लागि प्रोत्साहित गरिएको बताउँदै यसलाई निरन्तरता दिने प्रमुख महर्जनले बताए ।

यसैगरी एभोकाडो, ड्रयागन फुड, र किवी लगायत फलफूल खेती गर्न प्रोत्साहित गर्ने नीतिमा उल्लेख छ । यसैगरी महानगरपालिकाभित्र फलफूल तथा तरकारी बजारिकरणमा प्रबद्र्धन गर्न चिस्यान केन्द्र स्थापना गर्ने नीति नगरसभामा प्रस्तुत गरिएको छ ।

यसैगरी कोभिड विशेष नीति अन्तर्गत महानगरपालिकाको आवश्यकता अनुसार होल्डिङ सेन्टर निर्माण गर्ने जनाइएको छ । यसैगरी कोभिडको असर न्यूनीकरणका लागि मनोसामाजिक परामर्श, मेलमिलाप सचेतना कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ । यसैगरी कोभिड हब अस्पतालको रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने जनाइएको छ ।

यसैगरी आपतकालिन स्वास्थ्य, विपद व्यवस्थापन,कोभिड १९ तथा अन्य संभावित महामारी रोग नियन्त्रण सम्बन्धी कार्य योजना तयार गरी कार्यान्वयन गर्ने प्रस्तुत नीतिमा उल्लेख छ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले कोभिडका कारण भएको बन्दाबन्दीले चालू आर्थिक वर्षका योजना कार्यान्वयनमा समेत गम्भीर असर परेको बताए । कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख गीता सत्याल र प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद भट्टराईले पनि मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : १३ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ