राष्ट्रपतिद्वारा बोलाइएको उच्चस्तरीय भेटघाटमा के के भयो ? « Khabarhub

राष्ट्रपतिद्वारा बोलाइएको उच्चस्तरीय भेटघाटमा के के भयो ?


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित नेपालको नक्सा जारी गरेकोमा बधाई दिएकी छिन् ।

नेपालको अतिक्रमित भूमि नेपालको नक्सामा समावेश गरिएकोमा सरकार, संसद र राजनीतिक दललाई राष्ट्रपति भण्डारीले बधाई दिएकी हुन।

बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु तथा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर राष्ट्रपति भण्डारीले नयाँ नक्सा जारी गरेको र सो अनुसार संविधान संशोधन गरेकोमा बधाई दिएकी हुन्।

राष्ट्रियताको सवालमा सबै एक ठाउँमा उभिएकोमा खुशी लागेको राष्ट्रपतिले बताइन् ।

राष्ट्रपतिसँगको भेटका लागि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना लगायत पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका नेताहरु शितल निवास पुगेका थिए ।

यसैगरी राष्ट्रपतिले कोभिड–१९ को महामारीविरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रदर्शित हुँदै आएकामा खुशी व्यक्त गरेकी छन् र

उनले यो अभियानमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद दिएकी छन्। कोरोना प्रभावित बिरामीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत राष्ट्रपतिले गरेकी छन्।

राष्ट्रपतिले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्दै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न राजनीतिक दलबीच एकता कायम हुनुपर्नेमा जोड दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

राष्ट्रपति भण्डारीले यसरी राष्ट्रका ज्वलन्त विषयमा दलबीच हुने सहकार्य र एकताले मुलुकको आर्थिक विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्।

 

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : ५३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७