राष्ट्रपतिद्वारा बोलाइएको उच्चस्तरीय भेटघाटमा के के भयो ? | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा बोलाइएको उच्चस्तरीय भेटघाटमा के के भयो ?


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित नेपालको नक्सा जारी गरेकोमा बधाई दिएकी छिन् ।

नेपालको अतिक्रमित भूमि नेपालको नक्सामा समावेश गरिएकोमा सरकार, संसद र राजनीतिक दललाई राष्ट्रपति भण्डारीले बधाई दिएकी हुन।

बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु तथा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर राष्ट्रपति भण्डारीले नयाँ नक्सा जारी गरेको र सो अनुसार संविधान संशोधन गरेकोमा बधाई दिएकी हुन्।

राष्ट्रियताको सवालमा सबै एक ठाउँमा उभिएकोमा खुशी लागेको राष्ट्रपतिले बताइन् ।

राष्ट्रपतिसँगको भेटका लागि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना लगायत पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका नेताहरु शितल निवास पुगेका थिए ।

यसैगरी राष्ट्रपतिले कोभिड–१९ को महामारीविरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रदर्शित हुँदै आएकामा खुशी व्यक्त गरेकी छन् र

उनले यो अभियानमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद दिएकी छन्। कोरोना प्रभावित बिरामीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत राष्ट्रपतिले गरेकी छन्।

राष्ट्रपतिले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्दै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न राजनीतिक दलबीच एकता कायम हुनुपर्नेमा जोड दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

राष्ट्रपति भण्डारीले यसरी राष्ट्रका ज्वलन्त विषयमा दलबीच हुने सहकार्य र एकताले मुलुकको आर्थिक विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्।

 

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : ५३ बजे

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक