विश्वभर १ करोड ५६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १ करोड ५६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ५६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७५ हजार ९८७ जनामा संक्रमण देखिएसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ४१ हजार ९०४ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ३५ हजार ६६६ पुगेको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९५ लाख २८ हजार ४३३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५०७ जनाको मृत्यु भएको छ । २७ लाख ३५ हजार १५ जना संक्रमित भएकोमा १६ लाख ३६ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ३ हजार ९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४८ लाख ७८ हजार ३०५ पुगेको छ । त्यसमध्ये २४ लाख २१ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८५ हजार ९३९ जनाको मृत्यु भएको छ । ३६ लाख ७५ हजार १०८ जना संक्रमित भएकोमा २६ लाख ३० हजार ५३७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २९ हजार १३२ जनाको मृत्यु भएको छ । ३५ लाख ४३ हजार ५९१ जना संक्रमित भएकोमा २३ लाख ७८ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १६ हजार ७५६ जनाको ज्यान गएको छ भने ७ लाख ९१ हजार ९६८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ४९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १५५ जनाको मृत्यु भएको छ । १४ हजार ९९८ जना संक्रमित भएकोमा १० हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : ४६ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु