विश्वभर १ करोड ५६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १ करोड ५६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ५६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७५ हजार ९८७ जनामा संक्रमण देखिएसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ४१ हजार ९०४ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ३५ हजार ६६६ पुगेको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९५ लाख २८ हजार ४३३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५०७ जनाको मृत्यु भएको छ । २७ लाख ३५ हजार १५ जना संक्रमित भएकोमा १६ लाख ३६ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ३ हजार ९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४८ लाख ७८ हजार ३०५ पुगेको छ । त्यसमध्ये २४ लाख २१ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८५ हजार ९३९ जनाको मृत्यु भएको छ । ३६ लाख ७५ हजार १०८ जना संक्रमित भएकोमा २६ लाख ३० हजार ५३७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २९ हजार १३२ जनाको मृत्यु भएको छ । ३५ लाख ४३ हजार ५९१ जना संक्रमित भएकोमा २३ लाख ७८ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १६ हजार ७५६ जनाको ज्यान गएको छ भने ७ लाख ९१ हजार ९६८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ४९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १५५ जनाको मृत्यु भएको छ । १४ हजार ९९८ जना संक्रमित भएकोमा १० हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : ४६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना