मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गरिँदै | Khabarhub Khabarhub

मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गरिँदै


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङ जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन सुरु भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित एक कार्याक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले परिचयपत्र विवरणको फारम भरेर तथा फोटो खिचाएर विवरण संकलनको काम सुरु गरे ।

नागरिकता प्राप्त गर्ने उमेर, १६ वर्ष, पूरा भएका सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने राष्ट्रिय कार्यक्रमअनुसार मोरङमा विवरण संकलन सुरु भएको हो ।

आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य रहेको छ । प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईका अनुसार २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनमा ७७ जिल्लामै सुरु भएको छ ।

सरकारले नागरिकलाई प्रदान गर्ने सेवा सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुने उनले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सरकारको लक्ष्यअनुसार विवरण दर्ता सुरु भएको बताए ।

चालु आर्थिक वर्षमा मुलुकभर एक करोड नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य छ । हालसम्म दुई लाख २५ हजार नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र पाइसकेको जनाइएको छ ।

राष्ट्रिय परिचयपत्र वितरण पाँचथर जिल्लाबाट सुरु भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १२ : ५३ बजे

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही