बाढी पहिरो पीडितलाई तरुण दलको राहत « Khabarhub

बाढी पहिरो पीडितलाई तरुण दलको राहत


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेपाल तरुण दल सिन्धुपाल्चोकले भोटेकोसी र बाह्रबिसेका बाढी पहिरो पीडितलाई खाद्यान्न र नगद राहत वितरण गरेको छ ।

कोदारी र फुल्पिङमा रहेका एक सय पीडितलाई सय बोरा चामल, ७४ थान त्रिपाल र पहिरोमा परेर मृत्यु भएका परिवारलाई नगद ३० हजार राहत प्रदान गरिएको तरुण दल सिन्धुपाल्चोकले जनाएको छ ।

त्यसैगरि तातोपानी भन्सार कार्यालयको एजेन्ट हलमा रहेका १९ सुत्केरी तथा गर्भवती महिला र बालबालिकालाई २० हजार नगद र हर्लिक्स वितरण गरेको छ ।

घर बारविहीन भएर अन्य कुनै विकल्प नभएका अति पीडित कोदारी निवासी सर्की शेर्पालाई नगद ३० हजार राहत दिएको तरुण दल जिल्ला अध्यक्ष दोर्जे लामाले बताए ।

कोदारी राजमार्ग बन्द भएकोले अध्यक्ष लामा नेतृत्वमा ३० युवाले खाद्य सामग्री बोकेर तातोपानी पुर्‍याएका थिए ।

त्यस्तैगरि बाह्रबिसे जम्बुका पीडितलाई ९९ हजार नगद दिएको छ । जम्बुमा विस्थापित परिवार मध्ये बिरामी, सुत्केरी तथा गर्भवती महिला र बालबालिकाको पोषणको निम्ति नगद प्रदान गरिएको हो ।

तरुण दल केन्द्रीय विभागका सदस्य पासाङ नोर्बु लामाले पनि तरुण दलको राहत कार्यक्रममा व्यक्तिगत सहयोग गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : २४ बजे

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक