छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको निर्देशन « Khabarhub

छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको निर्देशन


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले दक्षिण-पश्चिमी सहर छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।

यसअघि अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएको थियो । त्यसको प्रत्युत्तरमा चीनले यस्तो निर्णय गरेको हो।

अमेरिकाले आफ्नो वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि बेइजिङले यसलाई राजनीतिक उक्साहटपूर्ण भन्दै विरोध जनाएको थियो । तर, अमेरिकी विदेश मन्त्रालयले बौद्धिक सम्पत्तिको रक्षाका निम्ति उक्त कदम चालिएको बताएको थियो ।

पछिल्लो समय चीन र अमेरिकाबीच तनावपूर्ण अवस्थाको सिर्जना भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले व्यापार र कोरोनाभाइरस महामारी लगायतका विषयलाई लिएर चीनमाथि आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १२ : ०८ बजे

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते