जब सिंहदरबारको मूल प्रवेशद्वार लेउ र झारले हरियो भयो « Khabarhub

जब सिंहदरबारको मूल प्रवेशद्वार लेउ र झारले हरियो भयो


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको मूल प्रवेशद्वार, पश्चिम गेट, मा धेरै चहलपहल हुँदैन । दक्षिण गेट चल्तीमा आएपछि औपचारिक समारोहमा र विशिष्ट राजनीतिक पदाधिकारीका लागि मात्रै मूल द्वार प्रयोग हुन्छ ।

चल्तीमा नभएपछि नजर पनि कमै पर्ने भयो । यसपटक चार महिनाको लकडाउनमा त सिंहदरबारको मूल प्रवेशद्वार कुनै विरानो ठाउँ जस्तो देखिन थालेको थियो । गेट माथिसम्मै र भुइँ पनि लेउ र झारले हरियै देखिन थालेको थियो ।

यसरी मूल प्रदेशद्वार नै फोहोर र बिरानो देखिन थालेपछि काठमाडौं महानगरपालिकाले आज सफाइको काम गरेको छ । गेटको माथिल्लो भाग सफा गर्न डबल एक्स्टेन्सन ल्याडर प्रयोग गरिएको थियो ।

ढोकाको शिरसम्म पुग्न नसकिने र सुरक्षित नभएकोले दकमलबाट ल्याडर मगाएर माथिल्लो भागमा पलाएको झार सफा गरिएको थियो ।

ढोकाको बाहिरपट्टिको खाली जमिनमा बिछ्याइएका इटामाथि लेउ जमेर चिप्लो भएको थियो । झार पलाएर ढोकाका आकर्षण घटेको थियो ।

महानगरको वातावरण व्यवस्थापन विभागले करीब ४० जना कामकार खटाएर सिंहदरबारको मूल प्रवेशद्वार परिसर सफा गराएको हो ।

 

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १ : २५ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर