ओली-प्रचण्डको २ घण्टा लामो छलफल निष्कर्षविहीन « Khabarhub

ओली-प्रचण्डको २ घण्टा लामो छलफल निष्कर्षविहीन


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टीको आन्तरिक विवाद समाधान गर्नेगरि छलफलमा जुटेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

२ अध्यक्षबीच बिहान ११ बजेदेखि २ घण्टाभन्दा लामो छलफल भएको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए ।

६ साउनमा एक साताका लागि स्थायी कमिटी बैठक स्थगित भएपछि दुई अध्यक्ष बीच थप छलफल हुन सकेको थिएन। तर, शुक्रबार बिहान प्रधानमन्त्रीलाई दाहाल बालुवाटार पुगेका थिए। बाढी, पहिरोको प्रकोपमा परेकाहरुलाई उद्धार गर्न भन्दै नेकपाले १३ साउनसम्म स्थायी कमिटी स्थगित गरेको छ।

गएको १० असारमा शुरु भएको स्थायी कमिटी बैठक पार्टीभित्र विवाद बढ्दै गएपछि लगातार प्रभावित हुँदै आएको छ। प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि ओलीले लगातार स्थायी कमिटी अस्वीकार गर्दै आएका छन्।

३ साउनमा सचिवालय बैठक बसेपनि स्थायी कमिटी भने बस्न सकेको छैन। सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आगामी मंसीरमा महाधिवेशनको प्रस्ताव गरेका छन्।

उक्त प्रस्तावबारे सहमति भने जुट्न सकेको छैन। ६ साउनमा बालुवाटारमै बसेको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित भएका थिए। दाहालले बैठक एक साताका लागि स्थगित गरेका छन्।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ३ : ०५ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री