आज १३३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो « Khabarhub

आज १३३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

५ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ९४७ पुगेको छ ।

निको हुनेको दर ७०.४६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ४ : २४ बजे

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी