होम क्वारेन्टिनमा बसेका ३ जनामा कोरोना संक्रमण « Khabarhub

होम क्वारेन्टिनमा बसेका ३ जनामा कोरोना संक्रमण


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती- नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना होम क्वारेन्टिनमा थिए ।

मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोखरेलले दिएको जानकारीअनुसार मध्यबिन्दु नगरपालिका वडा नम्बर ३, ९ र १० मा साउदी अरब र भारतबाट आई होम क्वारेन्टिनमा बसेका पुरुषहरूमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

वडा नम्बर ९ का ५० वर्षे एक पुरुष साउन १ गते भारतको जम्मुकस्मिरबाट सुनौली नाकासम्म आई त्यहाँबाट मोटरसाइकलमा घर पुगेका थिए । उनी होम क्वारेन्टिनमा थिए ।

वडा नम्बर १० का दुई पुरुषमध्ये २४ वर्षका एक जना साउन १ गते साउदी अरबबाट काठमाडौं आई त्यहाँबाट अरुणखोलासम्म बसमा आएका थिए । उनी अटोरिक्सा चढेर घर पुगी होम क्वारेन्टिनमा बसेका थिए ।

यस्तै, २२ वर्षका अर्का एक पुरुष साउन २ गते साउदी अरबबाट काठमाडौं आई बसबाट अरुणखोलासम्म आएका थिए । उनी पनि अटोरिक्सामा घर पुगेर होम क्वारेन्टिनमा थिए ।

वडा नम्बर ३ का २५ वर्षे एक पुरुष यही साउन २ गते भारतको दिल्लीबाट सुनौली नाकासम्म आई त्यहाँबाट भ्यानमा चढेर आएका थिए । उनी स्थानीय जनता मावि क्वारेन्टिनमा थिए ।

संक्रमित चारै जनाको अवस्था सामान्य रहेको र उनीहरूलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा पठाइएको जनाइएको छ । यससँगै मध्यबिन्दु नगरपालिकामा ६ जना महिला र ४८ जना पुरुष गरी ५४ जना कोरोना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ४३ बजे

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको

कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार

तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन सम्पन्न

भक्तपुर– यसवर्षको तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन शुक्रबार चाँगुनारायण नगरपालिकामा

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल