सुदूरपश्चिमका सात स्थानमा मौसम मापन केन्द्र स्थापना « Khabarhub

सुदूरपश्चिमका सात स्थानमा मौसम मापन केन्द्र स्थापना


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । बैतडीमा सुख्खा फलफूल केन्द्र सतबाँझ, गोकुलेश्वर कृषि क्याम्पस गोकुलेश्वर, कृषि ज्ञान केन्द्र बझाङ, तरकारी जर्मप्लाज्म संवद्र्धन तथा बीउ उत्पादन केन्द्र घटाल डडेल्धुरामा मौसममापन केन्द्र स्थापना गरिएको हो ।

कृषि विकास निर्देशनालय दिपायल डोटी, कृषि ज्ञान केन्द्र कञ्चनपुर र टीकापुर प्राविधिक शिक्षालय कैलालीमा गरी सात स्थानमा उक्त उपकरण जडान गरिएको कृषि विकास निर्देशनालय दिपायलका नायब सुब्बा चुडामणि पनेरुले जानकारी दिए । ती उपकरण एउटा स्थानमा रु तीन लाख ७७ हजार गरी २६ लाख ३९ हजारको लागतमा निर्देशनालयले जडान गरिएको हो ।

मापन केन्द्रले मौसमको पूर्वानुमान, हावाहुरी, घाम, पानी, बादल, आद्रता तापक्रम मापन गर्ने जडानको ठेक्का पाएको महावीर श्री इन्टरनेशनल प्रालिका इञ्जिनीयर सार्थक लम्सालले बताए ।

उनले भने, “इन्टरनेटको माध्यम तथा मोबाइल एपमार्फत पनि मौसमसम्बन्धी जानकारी पाउन सकिनेछ ।”

साथै यो उपकरण इन्टरनेटको सुविधा नभएको ठाउँमा पनि नेपाल टेलिकमको सीम प्रयोग गरेर मौसमसम्बन्धी जानकारी लिन सकिने बताइएको छ ।

जडान गरिएको उपकरणले मौसमसम्बन्धी जानकारी दिने भएकाले यसले कृषि क्षेत्रका लागि सहयोग पुग्ने सुख्खा फलफूल विकास केन्द्र बैतडीका निमित्त प्रमुख डम्मरसिंह भाटले बताए । उनले भने, “मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकाले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुनेछ ।”

कृषि विकास निर्देशनालय दिपायलले जडान गरेको मौसमसम्बन्धी जानकारी दिने उपकरणको रिपोर्ट कृषि विकास निर्देशनालयबाट अद्यावधिक गर्ने जनाइएको छ ।

यस उपकरणबाट ‘वेदर डिभाइस’ मोबाइल एप डाउनलोड गरी छिनछिनको मौसमसम्बन्धी जानकारी लिन सकिनेछ । मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकाले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुने सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ५८ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत