प्रहरीमा जागिरको प्रलोभन देखाएर ठग्ने पक्राउ « Khabarhub

प्रहरीमा जागिरको प्रलोभन देखाएर ठग्ने पक्राउ


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनी एक व्यक्तिसँग रु तीन लाख ५० हजार लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले एक व्यक्तिलाई प्रहरीमा जागिर लगाइदिने भनी ठगी गर्ने रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पक्राउ परेका वलीले विभिन्न व्यक्तिसँग ठगी गरेको निवेदन परेपछि पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका वलीको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, किर्तिपुर नगरपालिकाको नक्कली राजश्व सङ्कलन गरेको कागजात, प्रतिबन्धित नेकपा माओवादी ‘विप्लव’ समूहको आर्थिक सहयोग गर्ने कागजात बरामद गरेको छ ।

नक्कली नेपाली नोटसहित एक पक्राउ

यसैबीच प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

मोबाइल खरिदका लागि एक व्यक्तिलाई नक्कली नोट दिने बाँकेका २२ वर्षीय प्रशान्तसिंह ठकुरीलाई बिहीबार पक्राउ गरेको हो ।

परिसरका प्रमुख ज्ञवालीका अनुसार रु २० हजार ५०० मा खरिद गरेको मोबाइलको रकम तिर्ने क्रममा रु १९ हजार नक्कली नोट दिएकाले ठकुरीलाई पक्राउ गरिएको हो ।

अभियुक्त ठकुरीमाथि आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : ०० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच