विश्वभर कोरोनाले एकैदिन २ लाख ६ हजार संक्रमित,  ४ हजार २३५ को मृत्यु « Khabarhub

विश्वभर कोरोनाले एकैदिन २ लाख ६ हजार संक्रमित,  ४ हजार २३५ को मृत्यु


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकैदिन २ लाख ६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२ लाख ६ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या २ करोड ३५ लाख ८१ हजार ६१३ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार २३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १२ हजार ४०७ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६० लाख ७८ हजार ७३५ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ३०४ जनाको मृत्यु भएको छ । ३३ लाख ५४ हजार ७४१ जना संक्रमित भएकोमा १९ लाख ८५ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५९ हजार ४३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख ४३ हजार ४७९ पुगेको छ । त्यसमध्ये ३८ लाख ८६ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३० हजार २४२ जनाको मृत्यु भएको छ । ६२ लाख ९८ हजार ३१४ जना संक्रमित भएकोमा ४९ लाख ८० हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८९ हजार ४७ जनाको मृत्यु भएको छ । ५७ लाख ६४ हजार ७०८ जना संक्रमित भएकोमा ४२ लाख ९४ हजार २४४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २७ हजार ८३१ जनाको ज्यान गएको छ भने ११ लाख ९२ हजार ४१४ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५२९ जनाको मृत्यु भएको छ । २७ हजार २३६ जना संक्रमित भएकोमा २१ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : २७ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा