विश्वभर कोरोनाले एकैदिन २ लाख ६ हजार संक्रमित,  ४ हजार २३५ को मृत्यु « Khabarhub

विश्वभर कोरोनाले एकैदिन २ लाख ६ हजार संक्रमित,  ४ हजार २३५ को मृत्यु


८ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकैदिन २ लाख ६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२ लाख ६ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या २ करोड ३५ लाख ८१ हजार ६१३ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार २३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १२ हजार ४०७ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६० लाख ७८ हजार ७३५ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ३०४ जनाको मृत्यु भएको छ । ३३ लाख ५४ हजार ७४१ जना संक्रमित भएकोमा १९ लाख ८५ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५९ हजार ४३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख ४३ हजार ४७९ पुगेको छ । त्यसमध्ये ३८ लाख ८६ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३० हजार २४२ जनाको मृत्यु भएको छ । ६२ लाख ९८ हजार ३१४ जना संक्रमित भएकोमा ४९ लाख ८० हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८९ हजार ४७ जनाको मृत्यु भएको छ । ५७ लाख ६४ हजार ७०८ जना संक्रमित भएकोमा ४२ लाख ९४ हजार २४४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २७ हजार ८३१ जनाको ज्यान गएको छ भने ११ लाख ९२ हजार ४१४ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५२९ जनाको मृत्यु भएको छ । २७ हजार २३६ जना संक्रमित भएकोमा २१ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ७ : २७ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई