साढे ६ किलो अफिमसहित दुई पक्राउ « Khabarhub

साढे ६ किलो अफिमसहित दुई पक्राउ


८ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित लागूपदार्थ अफिमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका लोलाङ हाइटबाट साढे ६ किलाेग्राम अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो।

महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–१ जाजरकोटका २२ वर्षीय दिलीप विश्वकर्मा र दोलखा भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउत छन्।

उनीहरूले प्रहरीलाई बरामद अफिम जाजरकोटबाटै प्रतिकेजी एक लाख ५० हजारका दरले किनेर ल्याएको बयान दिएका छन्।

काठमाडौंमा ल्याएर आठ लाख प्रतिकिलोका दरले अफिम बिक्री गर्न लागिएको अवस्थामा पक्राउ गरिएको थापाले जानकारी दिए। पक्राउ परेका विक मुख्य अभियुक्त रहेको र उनले कारोबारमा शंका हुने देखेर बच्न राउतलाई साथमा लिएको आशंका प्रहरीले गरेको छ।

राउतले विकलाई आफूले दाइ मानेर तिहारमा टीका लगाइदिने गरेको बताएकी छन्। प्रहरीले अफिम खरिद गर्न आउने गिरोहको खोजी भइरहेको जनाएको छ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ५ : ५३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन