विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम « Khabarhub

विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर ९.८ प्रतिशतले कम रहेको छ ।

तथ्यांक भन्दाबढी नै निको भएको सरकारी अधिकारी बताउँछन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तथ्यांकअनुसार नेपालमा विश्वको तुलनामा सङ्क्रमण हुने दर कम भए पनि वास्तविक त्यसो नभएको बबताए । उनले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर तथ्यांकमा कम देखिएको बताए ।

“हामीले सवै ठाउँबाट तथ्यांक सङ्कलन गर्न सकेका छैनौ”, उनले भने, “सङ्क्रमित दैनिक निको हुनेको संख्या बढी भए पनि सङ्कलनमा समस्या भएकाले निको हुनेको कम तथ्यांक आएको हो ।” उनले सबै ठाउँबाट तथ्यांक आइसकेपछि निको हुने दर बढी देखिने बताए ।

विश्वमा अहिले दुई करोड ३४ लाख ९०० जना सङ्क्रमित भएका छन् भने एक करोड ५९ लाख ३५ हजार ४७३ जना निको भएर घर फर्किसकेका छन् । जुन निको हुनेको संख्या ६८.१ प्रतिशत हो । विश्वमा अहिलेसम्म आठ लाख नौ हजार ९८६ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भइसकेको छ । जुन मृत्युदर ३.५ प्रतिशत हो ।

नेपालमा छ लाख ४४४ जनामा पिसिआर परीक्षण गर्दा ३१ हजार ९३५ जनामा सङ्क्रमण देखिएको छ । सोमध्ये १८ हजार ६३१ जना सङ्क्रमणमुक्त भइ घर फर्किसकेका छन् ।

जुन ५८.३ प्रतिशत हो । नेपालमा अहिलेसम्म १४९ जनाको सङ्क्रमणबाट ज्यान गइसकेको छ । ११ हजार ४१४ जना क्वारेन्टिन र १३ हजार १५५ जना आइसोलेसनमा रहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सवै तथ्यांक सङ्कलन गर्न नसकेकाले निको हुने दरको सङ्ख्यामा कमि देखिएको बताए ।

“हामीले सबै सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेका छैनौँ, कति होम आइसोलेसना पनि बसेर निको भएका छन्, कतिको निको भएपछि पनि पिसिआर परीक्षण भएका छैनन्”, उनले भने, “सबैको तथ्यांक हामीसँग आउदैन, त्यसैले तथ्यांकमा निको हुनेको संख्या कमि देखिएको हो, धेरै नै निको भएका छन्, तर वास्तविक त्यस्तो होइन ।” उनका अनुसार करीब ८० देखि ९० प्रतिशत सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दाबन्दी (लकडाउन) साउन ७ गतेदेखि खुला गरेको थियो । पुनः सङ्क्रमित बढ्दै गएपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौँ उपत्यकामा यही भदौ ४ गतदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । चैत ११ गतेदेखि स्कुल, कलेज, सार्वजनिक यातायात, सभा, गोष्ठी, जात्राजस्ता बढी भिडभाड हुने कार्य गर्न रोक लगाइएको छ ।

आइतबार २८१ जना सङ्क्रमण जितेर घर गएका छन् । आजभन्दा ठिक एक महिना पहिला गत साउन ७ गते सङ्क्रमणमुक्त भएर जाने ७०.१ प्रतिशत रहेको थियो ।

एक महिनाको बीचमा निको हुने दर पनि ११.२ प्रतिशतले कमि आएको छ । यही भदौ ६ गते १३६ जना निको भएर घर जाँदा निको प्रतिशत ५८.९ प्रतिशत, भदौ ५ गते २५० जना निको भएर घर जाँदा निको प्रतिशत ५९.८ प्रतिशत रहेको थियो ।

यस्तै यही भदौ ३ गते १२० जना निको भएर घर जाँदा ६१.२ प्रतिशत, भदौ २ गते ८५ जना निको भएर घर जाँदा ६२.२ प्रतिशत र भदौ १ गते १६० जना निको भएर घर जाँदा ६४.२ प्रतिशत रहेको थियो । यसरी प्रतिदिन निको हुने दर पनि कमि आएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ३९ बजे

नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण

तेलअभिभ- इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय

अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण

तेहरान- युद्ध सुरु भएदेखि हालसम्म अमेरिका र इजरायलले इरानका ८०

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा