सोमबार थप ३ कोरोना संक्रमितको मृत्यु « Khabarhub

सोमबार थप ३ कोरोना संक्रमितको मृत्यु


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत २ जना र सुनसरीमा उपचाररत सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौंका ७४ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्तिमार्फत भदौ ६ गते पाटन अस्पतालमा उपचाररत काठमाडौंका ७४ वर्षे पुरुषको आज मृत्यु भएको जनाएको हो । यस्तै अर्का पुरुष भने साउन २५ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

यसैगरी सिरहाका कोरोना संक्रमित एक युवाको सुनसरीको धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहा लहान घर भएका २२ वर्षीय कोरोना संक्रमित युवकको सोमबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएका युवकमा आइतबार कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए । मुटु रोगीसमेत रहेका उनी भदौ २ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।

यी तीनै जना मृतकको विषयमा स्वास्थ्य मन्त्रालयले विस्तृत जानकारी दिन बाँकी छ ।

पाटन अस्पतालले जारी गरेको बिज्ञप्ति

स्वास्थ्य मन्त्रालयले आज मात्रै ८ जनाको मृत्यु भएको नियमित लाइभ अपडेटमा जानकारी दिएको थियो । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।

आज सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ८ : १७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि