सशस्त्र प्रहरीको गणपति तालिम शुरु, २८ नायव उपरीक्षकहरु सहभागी « Khabarhub

सशस्त्र प्रहरीको गणपति तालिम शुरु, २८ नायव उपरीक्षकहरु सहभागी


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा गणपति तालिम सञ्चालन भएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले तालिमको उद्घाटन गरेका हुन् ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले मध्यम तहका र प्रत्यक्ष रुपमा फिल्डमा खटिई बटालियन तहको नेतृत्व वहन गर्ने अधिकृतहरुलाई लक्षित पेशागत ज्ञान, व्यावसायिक दक्षता एवं नेतृत्व क्षमतामा अभिबृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए ।

उनले यस्ता तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गरी सशस्त्र प्रहरी अधिकृतहरुले कार्यक्षेत्रमा आईपर्ने विविध चुनौतीहरुलाई परास्त गर्दै आत्मविश्वासका साथ चुस्त रुपमा कार्यसम्पादन गर्न कृयाशील रहनुपर्ने बताए ।

उनले यस किसमका तालिमले सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।

तालिममा प्रशिक्षार्थीहरुलाई स्टाफ ड्युटिज, कमाण्ड एण्ड म्यानेजमेन्ट, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐन नियमहरु तथा संगठनको कामकारवाही लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइने छ ।

करीब दुई महिना अवधिको उक्त तालिममा २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ९ : ०० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा