राहुको स्थितिले कुन राशीमा कस्तो पर्छ प्रभाव « Khabarhub

राहुको स्थितिले कुन राशीमा कस्तो पर्छ प्रभाव


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैदिक ज्योतिषमा क्रुर मानिने राहु ग्रहको राशी परीवर्तन यो बर्षको ठुलो ज्योतिषीय घटना मानिएको छ । राहुको नाम मात्र सुन्दा पनि मानिसको मनमा भय र नकारात्मक भाव आउने गर्दछ । राहुको अशुभ प्रभावका कारण कैयौं जातकलाई मानसिक तथा शारीरिक कष्ट भोग्नु पर्ने हुन्छ ।

शनि पछिको राहु/केतु नै यस्ता ग्रह हुन् जो एक राशीमा लामो समय अर्थात लगभग १८ महिनाको अवधीसम्म रहने गर्दछ । त्यसैले राहुको राशी परिवर्तन एक ठुलो ज्योतिषीय घटना मानिने गर्दछ । मान्यता अनुसार राहुको कृपा जुन राशीमा हुन्छ, उसलाई रंकबाट राजा बनाउने संभावना हुन्छ ।

अहिले मिथुन राशीमा रहेको राहु असोज ७ गते बिहान ८ बजेर ३५ मिनेटमा वृष राशीमा गोचर गर्नेछ । राहुको राशी परिवर्तनले कुन राशीका ब्यक्तिलाई नकारात्मक कुन राशीलाई सकारात्मक प्रभाव पार्नेछ ।

१. मेष राशी
यस राशीका जातकलाई राहुको यस गोचरले शुभ परिणाम लिएर आएको छ । यस गोचरको प्रभावले स्वास्थ्य तथा आर्थिक स्थितिमा सुधार हुनेछ । आत्मविश्वास बढ्नेछ साथै मित्रद्धारा सहयोग प्राप्त हुनेछ । तर वैवाहिक जीवनमा भने खासै राम्रो हुनेछैन ।

२. वृष राशी
यस राशीका जातकलाई राहुको यस गोचरले आर्थिक जीवन प्रभावित बनाउने छ । परिवारमा कलह निम्त्याउने छ । बोल्दा सावधानी अपनाउनु होला । ऋण लिनबाट बच्नुहोला अन्यथा झन्झटमा पर्ने संभावना रहन्छ ।

३. मिथुन राशी
यस राशीका जातकलाई राहुको यस गोचरले शारीरिक र मानसिक समस्या निम्त्याउने छ । कुनै पनि निर्णय लिन कठिनाई हुनेछ । सबैका साथ स्नेह बनाउनु होला । गृहस्थ जीवनमा उतारचढाव भोग्नु पर्ने हुनसक्छ ।

४. कर्कट राशी
यस राशीका जातकलाई राहुको यस गोचरले विदेश यात्रा गराउन सक्ने संभावना बनाउँछ । खर्चमा बढोत्तरी हुनेछ साथै रोकिएको धन फिर्ता हुन सक्छ । तर खर्चमा लगाम लगाउनु होला अन्यथा ऋण लिनुपर्ने हुनसक्छ ।

५. सिंह राशी
यस राशीका जातकलाई राहुको यस गोचरले राम्रो परिणाम दिलाउनेछ । आम्दानीमा बढोत्तरी हुनेछ भने यो समय राजयोगकारी छ । विपरीत परिस्थितिमा समेत अघि बढ्ने संभावना छ । विद्यार्थी वर्गमा भने यो समय अनुकुल छैन ।

६. कन्या राशी
यस राशीका जातकलाई राहुको यस गोचरले हानी गर्दैन । हुनत कार्यक्षेत्रमा कैयौं बाधाको सामना गर्नुपर्ने हुनसक्छ र काम बिग्रन सक्छ । तर अध्यात्ममा रुची बढ्नेछ । धन, यश एवं प्रतिष्ठामा वृद्धि हुनेछ । जोखिमयुक्त कुनै काम हात नलिनु होला ।

७. तुला राशी
यस राशीका जातकलाई राहुको यस गोचरले समस्या निम्त्याउने छ । यस पटक भाग्यमा भन्दा कर्ममा भरोशा गर्नु उपयुक्त हुन्छ । राहुका कारण भाग्य कमजोर हुनाले बनेको काम पनि बिग्रन सक्छ । निर्णय लिदाँ सोचेर मात्र लिनुहोला ।

८. वृश्चिक राशी
यस राशीका जातकलाई राहुको यस गोचरले लामो समयदेखि लगनका साथ गरेको कामले लाभ दिलाउने संभावना रहेको छ । मेहनतका हरेक काममा यस पटक सफलता मिल्नेछ । वाहन चलाउँदा सावधानी अपनाउनु होला ।

९. धनु राशी
यस राशीका जातकलाई राहुको यस गोचरले सहकार्यमा गरेको कार्यले अधिक फाइदा दिनेछ । जीवनसाथीसंग मतभेद हुनसक्छ । प्रेम सम्बन्धमा निराशा हात लाग्नेछ । परिश्रमले गरेको काममा प्रयाश अनुरुप सफलता प्राप्त हुनेछ ।

१०. मकर राशी
यस राशीका जातकलाई राहुको यस गोचरले ऋणमा वृद्धि गराउन सक्छ । यस समय शत्रु हावी हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । कुनै पुरानो रोग समेत निको भएर जानेछ । खच बढेपनि कार्यक्षेत्रमा प्रगती बढ्ने संभावना रहेको छ ।

११. कुम्भ राशी
यस राशीका जातकलाई राहुको यस गोचरले सन्तानतर्फको समस्या निम्त्याउन सक्छ । यो समय विद्यार्थी वर्गमा भने राम्रो समय रहेको छैन । दाजुभाइसँग वैचारिक मतभेद तथा कार्यक्षेत्र र व्यापारमा रुकावट आउने छ ।

१२. मीन राशी
यस राशीका जातकलाई राहुको यस गोचरले परीवारमा स्वास्थ्य समस्या भोग्नु पर्ने हुनसक्छ । सुखमा कमी आउनेछ । भूमि, भवन एवम् वाहन सुख अनुकुल रहको छ । भौतिक सुख सुविधामा तनाव भोग्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ९ : १५ बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी