कुण्डलीको फलले दर्शाउँछ राजनीतिमा हुने सफलता | Khabarhub Khabarhub

कुण्डलीको फलले दर्शाउँछ राजनीतिमा हुने सफलता


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजनीति अर्थ हो, ब्यक्तिले यस्तो नीति बनाउनु सक्नु जो कुनै पनि पदमा बसेर राज गर्न सकोेस् । राजनीति गर्नु सबैको क्षमतामा पर्दैन ।

योतिषशास्त्रको अध्ययन र ज्योतिषीको मद्दतले कुण्डलीमा राजनीतिमा सफल हुने योग छ कि छैन थाहा पाउन सकिन्छ । ज्योतिषशास्त्र अनुसार ४ ग्रहले कुनै पनि ब्यक्तिलाई कुशल र चतुर राजनेता बनाउन सक्छ । राजनीतिलाई प्रभाव पार्ने चार ग्रह निम्न छन् :

राहु
ज्योतिषशास्त्रमा राहुलाई राजनीतिको ग्रह मानिन्छ । यदि कुनै ब्यक्तिको कुण्डलीमा राहुको सम्बन्ध दशौं भावसंग हुन्छ वा स्वयमु दशौ भावमा हुन्छ यस्ता ब्यक्ति कुशल र प्रखर राजनेता बन्ने मान्यता छ ।

बृहस्पती
बृहस्पतीलाई राजनीतिको अर्को कारक ग्रह मानिन्छ । यदि कुनै ब्यक्तिको कुण्डलीमा बृहस्पती उच्च रहन्छ र दशौ भावसंग सम्बन्ध राख्दछ भने यस्ता ब्यक्ति राम्रो राजनेता बन्ने मान्यता रहेको छ ।

बुध
कुण्डलीमा बुध मजबूत भएका ब्यक्ति एक कुशल र राम्रो वक्ता बन्ने मान्यता छ । यस अलावा यस्ता ब्यक्तिलाई राजनीतिको राम्रो ज्ञान हुने गर्दछ ।

सूर्य
सूर्य मान सम्मान र यशको कारक मानिन्छ । सूर्य लग्न, चौथो, नवौं वा दशौं भावमा रहेको राजनीतिमा उच्च पद प्राप्त गर्ने मान्यता छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १२ : ४६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर