कोरोनाले काठमाडौँका खसीबोका व्यापारीमा पनि अन्यौल « Khabarhub

कोरोनाले काठमाडौँका खसीबोका व्यापारीमा पनि अन्यौल



काठमाडौँ- सामान्यतया काठमाडौँ उपत्यकामा दशैँका लागि भनेरमात्र ५० हजारभन्दा बढी खसीबोका खपत हुने गर्छ । दशैँका लागि घटस्थापनादेखि खसीबोका किनबेच हुन्छ ।

दशैँ आउनु एकमहिना अघि नै खसीबोका र भेडाच्याङ्ग्रा भित्र्याउन व्यापारीहरुमा चहलपहल सुरु हुने भए पनि यस वर्ष कति खसीबोका ल्याउने भन्नेमै अन्योल देखिएको छ ।

कोभिड-१९ का कारण देश लकडाउन भएसँगै गत वर्षको चैत महिनादेखि मानिसहरु राजधानी छोड्ने क्रम जारी छ । अहिले काठमाडौँमा कति मानिस छन् र कति खसीबोका खपत हुन्छ भन्ने अन्योल रहेको चौपाया खरिद बिक्री संघले जनाएको छ ।

‘लकडाउनका कारण कतिले राजधानी छोडे भन्ने यकिन छैन र दशैँमा फर्किन्छन् कि फर्किंदैनन् भन्ने पनि थाहा हुँदैन,’ संघका अध्यक्ष सञ्जय खत्रीले भने, ‘अहिले काठमाडौँमा घरधनीहरु मात्र रहेको स्थिति पनि छ ।’

विगत वर्षहरुमा असोज लाग्दै दशैँका लागि खसीबोका र भेडाच्याङ्ग्राको आयत सुरु हुने गरेको खत्रीको भनाइ छ । ‘अहिले केही दिनपछि कति ल्याउने भन्नेबारे तथ्याङ्क निकाल्छौँ’ खबरहबसँगको कुराकानीमा खत्रीले भने, ‘३० देखि ३५ हजारसम्म ल्याउने कि भन्ने अनुमान छ ।’

संघकाअनुसार यसअघि हरेक वर्ष दशैँका बेला काठमाडौँका लागि मात्र करिब ५० हजार खसीबोका र ८ हजार भेडाच्याङ्ग्रा भारत, चीन र देशका विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने गरेको थियो ।

खाद्य कम्पनीले ३ हजार ल्याउने

दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी र च्याङ्ग्रा गरेर ३ हजार वटा खरिद गर्ने तयारी गरेको छ ।

खाद्य कम्पनीले २४ सय च्याङ्ग्रा र १६ सय खसी खरिद गर्ने जनाएको छ । कम्पनीले गत वर्ष पनि ३ हजारकै संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गरेको थियो ।

कम्पनीले प्रत्येक वर्ष बजारमा खसी र च्याङ्ग्रा अभाव नहोस् भनेर आफैँले किसानबाट किनेर बजार मूल्यभन्दा केही सहुलियतमा बेच्ने गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

खसी र च्याङ्ग्राको खरिद संख्या तोकिए पनि यसको लागत मूल्य टुङ्गो लागेको छैन । कोभिड-१९ का कारण खसीको मूल्य बढ्ने अनुमान गरिएको छ । कोभिडकै कारण लामो बन्दाबन्दी भएपछि गाउँबाट खसीबोका ल्याउन चुनौतीसमेत थपिएको छ ।

खसीबोकामा आत्मनिर्भरतातिर

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका र दक्ष युवाहरु सामूहिक तथा व्यक्तिगतरूपमा बाख्रापालन व्यवसाय गर्न थालेका छन् । यसबाट दशैँतिहार लगायतका ठूला चाडपर्वहरुमा स्वदेशी खसीबोकाले केही हदसम्म बजार धानेको छ ।

अहिले वार्षिक १ करोड २० लाखको हाराहारी खसीबोका स्वदेशमा उत्पादन हुनथालेको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार विभिन्न सहकारी संस्थामा अकाठमाडौँ उपत्यकामा दैनिक १ हजारदेखि १२ सयसम्म खसीबोका खपत हुने गर्छ ।

‘विगतका तथ्याङ्क हेर्दा वर्षभरिमा ५ लाखसम्म खसीबोका आयात हुन्थे । जसमध्ये ५० हजारको हाराहारीमा दशैँमा आउँथे भने बाँकी अन्य समयमा आउँथे,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले खबरहबसँग भने ।

विगत २ वर्षयता आयातमा कमी आएको उनले बताए । आर्थिक वर्ष २०७५/७६ मा २ लाख ३६ हजार खसीबोका आयात भएको थियो । गत आर्थिक वर्षमा १० हजारमात्र आयात भएको विभागको तथ्याङ्क छ ।

ऐनको प्रावधानअनुसार भारतबाट ल्याइने खसीबोकाको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेर आयत गर्न दिने नियम लागु गरियो’ ढकालले भने, ‘पहिले भन्सारदर ५ प्रतिशत थियो, भारतबाट धेरै खसीबोका आउन थालेपछि भन्सार दर बढाएर १० प्रतिशत पुग्यो ।’

यसपछि देशमै उत्पादन भएका खसीबोकाले बजार पाउन थालेको र युवा जनशक्ति बाख्रापालन व्यवसायमा लाग्न थालेको उनको भनाइ छ ।

यस वर्षको दशैँका लागि १ लाख २० हजार खसीबोका तयारी अवस्थामा रहेको बाख्रापालन व्यवसाय संघ तथा चौपायाका क्षेत्रमा काम गरिरहेका संघसंस्थाले विभागलाई जानकारी दिएको ढकालले बताए । उनले भने, ‘सबै नआउलान् तर ६० प्रतिशत खसीबोका राजधानी भित्रिनेछन्, यस वर्षका लागि स्वदेशी खसीले नै धान्छ ।’

सरकारले कोभिड १९ सुरक्षाका मापदण्ड अपनाएर कृषिजन्य सामग्री ढुवानी गर्न सकिने बताएको छ । यससँगै अब दशैँका लागि खसीबोका काठमाडौँ भित्रिने ढकालको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १० : ३२ बजे

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं– झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४

प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए

गलकोट– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नं २ मा

गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना

काठमाडौं- जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई