१२ वर्षीया बालिका मन्दिरभित्र मृत फेला « Khabarhub

१२ वर्षीया बालिका मन्दिरभित्र मृत फेला


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङको मष्टा गाउँपालिका स्थित एक मन्दिरमा १२ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।

प्रहरीका अनुसार बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी मष्टा गाउँपालिका–२ खिकाला बस्ने १२ वर्षीया बालिका सम्झना कामीको शव फेला परेको हो ।

बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काका अनुसार अनुसार बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्न रहेको अवस्थामा फेला परेको थियो । उनको कानमा लगाइएका मुन्द्री पनि छैनन् ।

हत्याको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अहिले प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १ : २५ बजे

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९